कृषक समन्वय समितिले बुझायो,वडाकार्यालयमा – माग पत्र

2023-03-19 मा प्रकाशित

सुरेन्द्रनगर, ५ चैत । कृषकका समस्या बुझ्न गठित वडास्तरीय मुल कृषक समन्वय समिति मेचीनगर –५ ले आइतबार वडाकार्यालयमा माग पत्र बुझाएको छ ।
समितिले वडालाई ४ व्लकमा छुट्याएर कृषकका समस्या संकलन गरेको र ति समस्या समाधानको लागि वडा सरकारको ध्यानकर्षण गराएको समितिका अध्यक्ष मनिकुमार आचार्यले बताए ।
समितिले कृषकका साझा समस्या सिँचाई, मलखाद , कृषिमा अनुदान, कृषि बजेटको व्यवस्था, वडामा कृषि प्राविधिकको व्यवस्था गर्नु पर्ने लगायतका २७ बुँदे माग पत्र वडा अध्यक्ष कनक बहादुर कार्कीलाई बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै वडाध्यक्ष कार्कीले मेचीनगर –५ लाई कृषिमा आत्मनिर्भर बनाउनेगरी समिति सँग समन्वय गरेर आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने बताए ।
उनले वडाको बजेटलाई ध्यान दिँदै कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताए । वडाध्यक्ष कार्कीले सिँचाइको भरपर्दाे व्यवस्था मिलाउन सिञ्चित हुने ठाउँमा कुलोको मुहान व्यवस्थित गर्ने र सिँचाई नहुने ठाउँमा डिप बोरिङ्को लागि वडाले पहल गर्ने बताए । वडालाई तरकारी खेतीमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनु पर्ने उनको भनाइ थियो ।


माग पत्र बुझाउन समितिका उपाध्यक्ष शान्ति चौधरी, सचिव खगेन्द्र प्रसाद भण्डारी, सह सचिव गंगाराम प्रधान, कोषाध्यक्ष पवित्रा थापा लगायत समितिका सदस्य तथा टोल प्रतिनिधिहरु वडाकार्यालय पुगेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु