कुलबहादुर मार्गको खोल्सीमा पक्की पुल निर्माण

2023-03-20 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर –५ राममन्दिर टोल स्थित कुलबहादुर मार्गमा रहेको खोल्सीमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
उपभोक्ता समितिले पुल निर्माण कार्य सम्पन्न गरे सँगै सार्वजनिक सुनुवाई समेत गरेको छ ।
यस आर्थिक वर्षमा पुल निर्माणको लागि मेचीनगर पालिकाबाट ५ लाख ५० हजार विनियोजना भएपछि उपभोक्ताको तर्फबाट ८२ हजार ५०० रुपैयाँ जनसहभागिता जुटाएर कुल ६ लाख ३२ हजार ५०० मा पुल निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर बुढाथोकीले सार्वजनिकन सुनुवाई कार्यक्रममा आम्दानी खर्च विवरण प्रस्तुत गरे ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर बुढाथोकीको सभापतित्व तथा मेचीनगर –५ का वडा सदस्य मनबहादुर लिम्बुको प्रमुख आतिथ्यमा सार्वजनिक सुनुवाई सम्पन्न भएको उपभोक्ता समितिका सचिव अम्बीका गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु