शिक्षक संघ कोशी प्रदेशको अध्यक्षमा तेजप्रसाद चौलागाईँ विजयी

2023-03-24 मा प्रकाशित

बिराटनगर, चैत १० । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी भएका छन् ।

बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगरस्थीत धुलाबारी माविका सहायक प्रधानाध्यापक चौलागाईले १९० मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा मात्रिका प्रसाद न्यौपानेले १७३ प्राप्त गरी निर्वाचित भए । । उनका प्रतिस्पर्धी बद्री कार्कीले १५९ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चौधरी विजयी भएका छन् । चौधरीले १७५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी हेमराज खतिवडाले १६६ मतल्याए ।

त्यस्तै महिला उपाध्यक्षमा राजकुमारी भण्डारी (बिमलाले १८८ मत ल्याएर विजयी भए ।उनका प्रतिस्पर्धी रेखा पराजुलीले १६६ मत ल्याइन् ।

४३८ मतदाता रहेको संघको निर्वाचनमा ३४८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु