काकरभिट्टा क्याम्पसका स्ववियुमा निर्वाचितहरूको सपथ ग्रहण

2023-04-03 मा प्रकाशित

काकरभिट्टा,२० चैत  । काकरभिट्टा बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारी तथा सदस्हयरूलाई सपथ ग्रहण गराइएको छ ।

निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले निर्वाचितहरूलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले स्ववियुमा निर्वाचितहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ, मेचीनगरकी उपप्रमुख मिना उप्रेती, नवनिर्वाचित स्ववियु अध्यक्ष विशाल तामाङ, निवर्तमान स्ववियु अध्यक्ष सुरज सुवेदी, पनिता ढकाल, दुर्गाप्रसाद सापकोटा, मिलनकुमार ढुंगाना, कमल थापा लगायतले शुभकामना मन्तब्यराखेका थिए ।

चैत १० गते सम्पन्न स्ववियुको निर्वाचनमा नेविसंघका विशाल तामाङ, उपाध्यक्ष सन्दिप न्यौपाने, सचिवमा सुवास खत्री, सहसचिवमा अजय गुप्ता र कोषाध्यक्षमा नेकपा एस निकट अनेरास्अववियूकी अनुसा अर्याल तथा सदस्यहरुमा रिया ढुंगाना, सुरज राई, बरदान खड्का, अंकित चम्लागाई, सुरज चिमरिया, अमिसा खडिया, संगम बराल, सन्तोस धमला, विश्वास दाहाल र मानव ढुंगेल निर्वाचित भएका थिए ।

सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लम्बोधर पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु