मेचीनगरमा लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू

2023-04-04 मा प्रकाशित

मेचीनगर ।  मेचीनगर नगरपालिकामा तीनदिने लैंगिक हिंसा, नेतृत्व विकास र नीतिगत अवधारणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरू भएको छ ।

मंगलबार एक कार्यक्रमको बिच कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बुढाथोकीले अभिमुखीकरण तालिमले सहभागी प्रशिक्षार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । तालिममा सिकेको ज्ञानको आफुले व्यवहारमा उतार्दै समुदायस्तरमा पुर्याउन आग्रह गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य ह्यदय राजवंशी, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलगायतको आतिथ्य रहेको थियो ।

चैत २१ गतेदेखि २३ गतेसम्म सञ्चालित अभिमुखीकरण तालिममा मेचीनगरमा कार्यरत महिला अधिकृत, महिला वडासचिव, महिला कार्यपालिका सदस्य र महिला वडा सदस्यगरी ४० जनाले प्रशिक्षण लिइरहेको महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।

महिला बालबालिका शाखा मेचीनगरको आयोजनामा आयोजित तालिममा सहभागीलाई अधिवक्ता कविता बास्तोला र पत्रकार लीला अनमोलले प्रशिक्षण दिनेछन् ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आयोजना भएको तालिमको उद्घाटन शत्रमा कार्यक्रम सञ्चालन उपप्रमुखको स्वकीय सचिव लक्ष्मी उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु