सहारा धुलाबारीले दियो अटो चालकलाई ज्याकेट

2023-04-04 मा प्रकाशित

मेचीनगर, २१ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा धुलाबारी सेवा केन्द्रले मंगलवार अटो चालकलाई ज्याकेट वितरण गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना अटो चालकलाई ज्याकेट, संस्थाको प्रतिवेदन तथा क्यालेन्डर वितरण गरिएको हो ।

मेचीनगर वडा नं १० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ट्राफिक नियमका बारेमा सचेतना जगाउने काम गरिएको छ ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, धुलाबारी ट्राफिक प्रहरी विटका प्रमुख राजकुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका सदस्य चन्द्रमणि पौडेल, सहारा साकोसका निर्मलकुमार दाहाल, मीरा श्रेष्ठ, विनु आचार्य, कर्मचारी मिलन दाहाल, राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रका कार्यालय प्रमुख अरुण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत धुलाबारी सेवा केन्द्रका सदस्य गोपालबहादुर बस्नेतले गरेका थिए । सहारा साकोसले मंगलवार सबै सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेर वार्षिक उत्सव मनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु