नकलबन्दा साकोसद्वारा सुपथ मूल्य सहकारी पसल सञ्चालन

2023-04-14 मा प्रकाशित

नकलबन्दा,१बैशाख । मेचीनगर ५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले आजबाट सुपथ मूल्य सहकारी पसल सञ्चालनमा ल्याएको छ ।
नकलबन्दामै मुख्य कार्यालय रहेको सरकारीले सहकारीको भवनमै सुपथ मूल्य सहकारी पसल सञ्चालन गरेको हो ।
सहकारी पसलको उद्घाटन सहकारी संस्थाकी जेष्ठ सदस्य तेजकुमारी थापाले गरिन् । रिवन काटेर सहकारी पसलको उद्घाटन गर्दे प्रमुख अतिथि थापाले सम्पूर्ण सदस्यहरुले आफूलाई आवश्यक पर्ने सामाग्री सहकारी पसलबाटै खरिद गर्न आग्रह गरिन् ।

सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर – ५ का वडासदस्य पुष्प गेलाल, पूर्व वडा सदस्य तथा व्यवसाय उपसमिति संयोजक मेघराज गेलाल, सहकारी संस्थाका सचिव केशर तिम्सिना, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटा, लेखा समिति सदस्य टेकबहादुर धिमाल, कर्जा समिति सदस्य हरि केशर गौतम, नकलबन्दा समाजका अध्यक्ष ईन्द्रबहादुर तामाङलगायतको आतिथ्यता थियो ।


करिव ५ लाख २५ हजारको लागतमा सुरु भएको सहकारी पसलमा घरायसी प्रयोजनका लागि आवश्यक सबै खाले समान राखिएको बताउँदै सहकारी संस्थाका अध्यक्ष गुरुङले स्थानीय र सहकारीका सदस्यहरुले सहकारी पसलबाटै सामान खरिद गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरे ।
२०६४ सालमा स्थापना गरिएको सहकारीमा हाल १९५० सदस्य संख्या रहेको र यस आर्थिक वर्षमा २५० थपगरी २२०० सदस्य पुर्याउने लक्षका साथ सदस्यता विस्तार अभियान सुरु गरेको सहकारी संस्थाका सचिव केशर तिम्सिनाले बताए ।
सदस्यहरुको आवश्यक्तालाई ध्यान दिँदै सहकारीले यस अघि शुलभ मूल्यामा मल तथा विउ विक्रि सुरु गरेको उनले बताए ।
कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक महेन्द्र बहादुर कुँवरले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु