आदर्श धिमाल समाजको शुभकामना आदान प्रदान कार्यक्रम

2023-04-15 मा प्रकाशित

इटाभट्टा,२ बैशाख । आदर्श धिमाल समाज मेचीनगर –८ ले शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वितेको वर्ष २०७९मा भएको कामको समिक्षा गर्दै समाजले आगामी दिनमा आदर्श समाजलाई थप गतिशिल बनाउन २०८० सालले सफलता मिल्ने विश्वासका साथ शुभकामना आदानप्रदान गरेको समितिका अध्यक्ष टुलेन धिमालले बताए ।
धिमाल समाजका सल्लाकार तथा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य तथा पूर्वधार विकास समितिका संयोजक चित्रकुमार धिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धिमालले नयाँ वर्ष २०८० ले धिमाल समाजलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । प्रत्येक धिमाल परिवारमा आइपरेका समस्यामा धिमाल समाजले अभिभावकत्व भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा धिमाल समाजका सल्लाकार सुभाष मिजार, रधुनाथ धिमाल, संजय कुमार धिमाल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सहसचिव पदम धिमालले गरेका थिए ।
यसैबीच लेटाङमा आजबाट सुरु हुन लागेको धिमाल जात्री मेलामा सहभागीहुन धिमाल जाति विकास केन्द्रका अध्यक्ष चित्रबहादु धिमालको नेतृत्वमा धिमालको एक टोली लेटाङ जाने भएको छ । धिमाल जातिको ऐतिहासिक स्थल राजारानीमा दुईदिने मेला आजैबाट सुरु भएको छ । राजारानी धिमालजातिको उद्गम स्थल मानिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु