दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर

2023-04-15 मा प्रकाशित

धुलाबारी, २ बैशाख । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् ।

धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा शनिवार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

१५ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा दिलबहादुर खाती चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनोजकुमार विश्वकर्मा, सुरेन खाती, कमलादेवी विश्वकर्मा, विष्णु गदाइली, विनोद सेन्चुरी, थेसिस रुचाल, सुरक्षा बिसुन्खे कञ्चन सुन्दास र पलम दर्नाल विक चयन भएको निर्वाचन समिति संयोक टिकाराम मंग्रातीले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माको प्रमुख आतिथ्यता र दलित उत्थान समन्वय समिति मेचीनगरका अध्यक्ष ध्रुब कनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु