विधुत आपूर्ति नियमित गर्न माग गर्दै मेची उद्योग वाणिज्य संघले बुझायो ज्ञापन

2023-04-25 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा केही सातायता अघोसित रुपमा लोडसेटिङ भइरहेको भन्दै मेची उद्योग वाणिज्य संघले विधुत आपूर्ति सहजबनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको हो ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईको नेतृत्वमा गएको टोलीले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर ज्ञान काफ्लेलाई विधुत नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

बाणिज्य संघका महासचिव दिनेश शाक्यले ज्ञापनपत्र बाचन गरेका थिए । ज्ञापन पत्रमा बारम्बारको विद्युत अवरोध तथा भोल्टेज अनियमतिता हुने कारणले उद्योग व्यवसाय क्षेत्रमा गम्भिर असर परेको भन्दै तत्काल समस्या समाधानको पहल गर्न अनुरोध गरिएको छ ।

बारम्बार विद्युत काटिँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको तथा अत्याधिक गर्मीका कारण उद्योगी व्यवसायीसगैँ आम मेचीनगरबासीमा असर परेको भन्दै समस्याको परिणाममुखी पहल गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

वाणिज्य संघले यदि परिणाममुखी पहल नभए उद्योगी व्यवसायीहरु चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने समेत चेतावनी समेत दिएको छ ।

समस्याको परिणाममुखी पहलसहित तत्काल समस्या समाधान नभएमा उद्योगी, व्यवसायीहरु चरणवद्ध आन्दोलन गर्न वाध्य हुने र सो को नेतृत्व संघले नै गर्ने जानकारी गराएको छ । ज्ञापन पत्रमा संघका अध्यक्ष खेमराज प्रसाईको हस्ताक्षर रहेको छ ।

नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर काफ्लेले रुपनी सबस्टेशनमा आएको समस्याले यहाँ यस्तो भएको बताए । १५ दिनभित्र यो समस्या समाधान हुने उनको दावी छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु