मानसिक स्वास्थ्यका विषयमा कचनकवलमा छलफल

2023-04-27 मा प्रकाशित

झापा, १३ बैशाख । झापाको कचनकवल गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका शिक्षक र अग्रपंक्तिमा काम गर्नेहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तालिम दिइएको हो ।
कचनकवल गाउँपालिकाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल एसएनजेडी झापाको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्ष कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले गरेका थिए ।
कार्यक्रमको उदेश्यमाथि प्रकाशसहित स्वागत मन्तव्य एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले गरेका थिए भने कार्यक्रम सञ्चालन एसएनजेडीका कार्यक्रम अधिकृत रन्जन धमलाले गरेका थिए ।
कार्यक्रमको पहिलो दिन सहजकर्ता मनकुमार गुरुङले मनोसामाजिक अवधारणा, समस्या, कारण, लक्षण, असरका विषयमा सहभागीलाई बुझाएका थिए । सहजकर्ताकै रुपमा डा। सन्दर्भ अधिकारीले मनोरोग, आत्महत्याको लक्षण, मानसिक रोगको उपचार पद्धति र समाजको दृष्टिकोणको विषयमा बुझाएका थिए ।
तालिमको दोश्रो दिन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले आत्महत्याको झापा जिल्लाको अवस्था, आत्महत्याको कारणहरु र आत्महत्या न्यूनीकरणका उपायहरू बारे जानकारी गराएका थिए । तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष नवराज भट्टराईको पनि आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु