नक्कली लालपुर्जा बाँडेर रकम असुलेको आरोपमा गिरी पक्राउ

2023-04-27 मा प्रकाशित

मेचीनगर,१४ वैशाख । काँकरभिट्टा स्थित मेचीडाँडाका सयौ घरपरिवारलाई नक्कली लालपूर्जा वितरण गरी रकम रकम असुलेको आरोपमा प्रहरीले काँकरभिट्टाका ज्ञानबहादुर गिरीलाई  नियन्त्रणमा लिएको छ ।  रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले  गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले पूर्जा दिलाइदिन्छु भन्दै  कयौँ परिवारसगँ न्युनतम १५ देखी ७५ हजारसम्म रकम लिएको पीडितहरुले आरोप लगाएका छन् । ।

स्थानीयवासीले लाखौं रकम असुल गरेर पनि अहिलेसम्म पूर्जा उपलव्ध नगराएको भन्दै गत चैत १७ मा वडा कार्यालयमा किटानी जाहेरी समेत दिएका थिए । तर अहिलेसम्म पनि उनिहरुको समस्या कतैबाट समाधानका लागी पहल भएको थिएन । बरु स्थानीय स्तरमै मिलाउने प्रयास भएको भन्दै पीडितहरु असन्तुष्ट थिए ।

गिरीलाई पक्राउ गरि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभएको छ । ‘

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु