बाहुण्डाँगी जेसीजको व्यवस्थापन तालिम सम्पन्न

2023-04-30 मा प्रकाशित

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजना तथा मेचीनगर २ को सहयोगमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
हात्ती रिसोर्ट बाहुण्डाँगीमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए । प्रशिक्षक निरौलाले शाखामा होस या कुनै पनि संघ संस्थामा कार्यक्रम व्यवस्थापन कसरी गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । यसैगरी सोही कार्यक्रममा बैङकिङ साक्षरता सम्बन्धि तालिम समेत आयोजना गरिएको थियो । तालिमको सहजीकरण मुक्तिनाथ बैङकले गरेको थियो । तालिममा ५० जनाको सहभागिता रहेको थियो ।
शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्की ले गरेका थिए भने समापन कार्यक्रम मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम संयोजक कमल गोलेले स्वागत गरेको कार्यक्रमको मिसन भिजन सचिव सुष्मा मिश्र, आस्थापाठ कार्यकारीणी उपाध्यक्ष सामुल राया र सञ्चालन महासचिव नित्यानन्द चम्लगाइले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु