मेचीनगर–४ मा निशुल्क आँखा शिविर सम्पन्न

2023-04-30 मा प्रकाशित

मेचीनगर । मेचीनगर–४ वडाकार्यालयको आयोजना तथा मेची नेत्रालयको प्राविधिक सहयोगमा शनिवार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर उद्घाटन कार्यक्रममा वडाध्यक्ष अर्जुन कुमार कार्कीले वडावासीको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको बताए । नेत्रालयका डा. प्रज्वल भट्टराईको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ३०६ जनाले आँखा परीक्षण गराएका थिए । आँखा जाँचको क्रममा ४८ जनामा मोतिया बिन्दु, २३ जनाको आँखामा मासु पलाएको र १ जनाको आँखाको नली बन्द भएको भटिएको मेची नेत्रालयका डा. प्रज्वल भट्टराईले जानकारी दिए । शिविरमा औषधि निशुल्क गरिएको थियो भने चश्मा रु २ सय रुपमा शुल्क लिएको र आँखामा समस्या देखिएकाहरुको अप्रेशन निशुल्क रुपमा गर्ने योजना रहेको नेत्रालयले जनाएको छ । नेत्रालयले अपे्रशन गर्दा रु २५ सय सामान्य शुल्क भने लाग्ने जनाएको छ । कार्यक्रममा वडासदस्य गीता लुङ्गेली मगर, नागरिक बैज्ञानिक शंकर लुइटेल, मानवहात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्की लगायतको आतिथ्यता थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य पवन बराइलीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु