प्रेस युनियन झापाको अधिवेशन वैशाख ३१ गते हुने

2023-05-05 मा प्रकाशित

झापा, २२ वैशाख । नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ ।

बिर्तामोडमा शुक्रबार सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पुर्वेलीले जानकारी दिइन् ।
अध्यक्ष पुर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तिन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा युवराज ढकाल र कल्पना कडरिया सदस्य रहेका छन् ।। युनियन झापाको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु