माओवादी झापाले  भोलि पालिकाभर ‘लाइट फोकस’ गर्ने

2023-05-16 मा प्रकाशित

बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरिय जनबर्गीय संगठनहरु र पालिका अध्यक्षहरुको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरुको फायल खोलेर दोषीलाई कारवाहीको कठघरामा उभ्याएर राम्रो कामको शुरुवात गरेको निष्कर्ष निकालेको छ ।
जिल्लाका पालिकास्तरीय संघ संगठनहरुले जेष्ठ ३ गते ९भोलि० साँझ जिल्लाका मुख्य सहरहरुमा टर्चलाइट बालेर उज्यालो नेपालको लागि सरकारलाई साथ दिने भएका छन् । मुलुकलाई उज्यालोतर्फ लान खोज्नु सकारात्मक कदम भन्दै राम्रा कामको लागि समर्थन स्वरुप जिल्लाभरका पालिकामा लाइट फोकस गर्ने कार्यक्रम तय गरिएको नेकपा माओबादी जिल्ला समितिका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए ।
उज्यालो नेपालको लागि मेचीनगर, विर्तामोड, भद्रपुर, सुरुंगा, शिवसताक्षी, दमक लगायतका पालिकामा एकैपटक कार्यक्रम गरिने योजना तय भएको दमक नगर समितिका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
शिवसताक्षी नगर समितिका अध्यक्ष महेन्द्र भट्टराईले प्रेस सेन्टर नेपाल झापामा आवद्ध पत्रकारहरुसँगको भेटमा नगरस्तरमा सबै जनवर्गीय संगठनका नेता कार्यकर्तालाई कार्यक्रममा सहभागी हुन आव्हान गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु