अपांग मैत्री सेवा स्वरोजगार संस्थाले बुझायो मेचीनगरमा ज्ञापन

2023-05-21 मा प्रकाशित

मेचीनगर, ७ जेठ । अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले मेची नगर नगरपालिकाको कार्यालय भवन अपाङ्गमैत्री हुँनु पर्नेमा जोड दिएको छ । मेचीनगर पालिकाको भवन अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राहीले सास्ती व्यहोर्नु परेको भन्द्रै आज अपांग मैत्री सेवा स्वरोजगार संस्थाले नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ ।
अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम बुढाथोकीको नेतृत्वमा मेचीनगर पुगेको टोलीले मेचीनगर नगरपालिका कार्यालयमा उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशाकीय अधिकृत महेश पराजुलीलाई ध्यानाकर्षण पत्र बुधmाएका थिए ।

अध्यक्ष राम बुढाथोकीले ज्ञापन पत्र बुझाउँदै नगरका प्रमुख र उपप्रमुखको कार्यकक्ष भुइँतलामा राख्न माग गरेका छन् । उनले भने, ‘तत्काल भवन बनाउन नसके पनि भूईँतलासम्म हामी पुग्न सक्छौं, उनीहरु तत्काल सबैको पहुँच पुग्ने स्थानमा सर्नुपर्छ ।’

नगरपालिका भवन तीन तलाको छ । भवनको दोस्रो तलामा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ । उनले भवन पुनर्निमाण गरेर अपांगमैत्री बनाउन नसक्ने हो भने माथ्लो तलाबाट नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई भुइँतलामा स्थानान्तरण गर्न माग गरे ।

नगरका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले ध्यानाकर्षण पत्र बुझेपछि अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाबाट सेवा र सुविधा पाउने सहज व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

आफ्ना कुरा राख्न नगरप्रमुख लगायत सामाजिक शाखाका कर्मचारीलाई भुइँतलामा बोलाउँदा बहानाबाजी गरेर नआउने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु