पारिजात स्कूलमा उत्कृष्टलाई अवार्ड वितरण

2023-05-24 मा प्रकाशित

मेचीनगर । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले मंगलवार विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्दै बाल क्लब गठन गरेको छ ।
विद्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यार्थी प्रतिभाहरुलाई सम्मान गरिएको हो । विद्यालयले २०७९ को परीक्षामा कक्षा नर्सरीदेखि ९ सम्म प्रथम दोस्रो र तेस्रो भएका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
यस्तै, विद्यालयले अध्ययनमा उत्कृष्ट तहगत तीन विद्यार्थीलाई सम्मान गरेको छ । प्राथमिक, निमावि र मावि तहका तीन–तीन जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको प्रिन्सिपल विनोद श्रेष्ठले बताए ।
यस्तै, लेखन, सरसफाई, खेलकुद, अनुशासन, छिटो प्रगति गर्ने विधाका उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको छ भने वर्ष उत्कृष्ट मित्रता १, क्रियाशील २, शिक्षक छनोट ३ र प्रिन्सिपल छनोट २ जनालाई अवार्ड वितरण गरिएको छ । यस्तै, पारिजात पब्लिक स्कूलको वर्ष सर्वोत्कृष्ट विद्यार्थी रायश्री थापालाई सम्मान गरिएको छ । उनी कक्षा ९ का विद्यार्थी हुन् ।
निर्वाचन प्रक्रियाबाट गठित पारिजात बाल क्लबको अध्यक्षमा जयन्ती बुढाथोकी निर्वाचित भएकी छिन् । उक्त स्कूलमा लोकतान्त्रिक प्रक्रियाबाट पहिलो पटक बाल क्लब गठन गरिएको हो ।
बाल क्लबको उपाध्यक्षमा गगन बानियाँ, सचिवमा अच्युत निरौला तथा कोषाध्यक्षमा रोजन खड्का चयन भएका छन् ।
बाल क्लवको सदस्यमा भुवन राजवंशी, अंकित उप्रेती, प्रजिना खड्का, जेनिसा बुढाथोकी, सेदिङहाङ सुब्बा, मेरियम लिम्बू, प्रज्ज्वल गिरी र ललिता भट्टराई चयन भएकी छिन् । प्रत्येक कक्षालाई व्यवस्थापन गर्न
क्याप्टेन पनि तोकिएको छ । बाल क्लबमा निर्वाचित सबैलाई सपथ
पनि खुवाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा पत्रकार झुलन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा अग्रज शिक्षक पुष्प खतिवडाले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु