होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार

2023-05-27 मा प्रकाशित

मेचीनगर, १३ जेठ । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार श्रेष्ठ ( गोपाल) निर्वाचित भएका छन्।

शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा भएको होटल व्यवसायी संघ मेचीनगरको प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरको प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, सचिवमा विमला तामाङ र कोषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा प्रदीप सिटौला, रामबहादुर तामाङ, सुमन कार्की, भिम सुब्बा, दिव्यस्वरा मैनाली, विष्णु बोहरा, नर्वु लामा, विनिता राई, रामबहादुर तामाङ, एश्वर्या लक्ष्मी तामाङ र पवन कुमार मैलानी निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु