अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालय दुई दिन बन्द

2023-06-01 मा प्रकाशित

मेचीनगर, १८ जेठ । अत्याधिक गर्मी बढेको कारण मेचीनगर नगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई दुई दिन बिदा दिएको छ ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना जारी गर्दै आगामी बर्खे विदाबाट कट्टा हुनेगरी बिहिबार (आज) र शुक्रबार (भोली) विद्यालय विदा गर्न निर्देशन गरेका छन् ।अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय विदा दिन उनले जानकारी गराएका छन् । विगत केहिदिनदेखि बढिरहेको अत्याधिक गर्मीका कारण जिल्लाका अन्य पालिकाले पनि विद्यालय विदा दिन सुचना जारी गरिरहेका छन् ।

यसअघि कचनकवल गाउँपालिकाले बुधबार नै सुचना निकालेर पालिका भित्रका विद्यालय ५ दिन विदा हुने जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु