व्यवसायी खवासद्धारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

2023-06-08 मा प्रकाशित

बाहुण्डाँगी । हरेक वर्ष छोराको जन्मदिनमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका मेचीनगरका युवा व्यवसायी सन्तोष खवासले यो वर्ष मेचीनगरको ३ को विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । छोरा स्वभिमान खवासको छैठौ वर्षको जन्मदिनको अवसर पारेर बलभद्र आधारभूत विद्यालयका बाल कक्षाका बच्चाहरुलाई २ थान फेन, ३ थान ढसना र ३ थान तन्ना प्रदान गरेका हुन् । उनले १० हजार मुल्य बराबरको सामान सहयोग गरेका हुन् ।

पछिल्लो समय बढेको अत्याधिक गर्मीले बच्चाहरुलाई पढाइमा असहज भइरहेको अवस्थामा उनले विद्यालयमै पुगेर भित्ते फेन सहित बच्चाहरुलाई दिउँसोको समयमा सुत्न सहज होस भन्ने उदेश्यका साथ ढसना प्रदान गरेका हुन् । बालकक्षामा अध्ययनरत ३२ जना विद्यार्थीहरुका लागि विहानको खाजा, मिठाइ तथा केक समेत काटेर नानीहरुबिच रमाइलो गरिएको थियो । बालकक्षाका नानीहरुलाई दैनिक दुई घण्टा सुताउनु पर्ने हुन्छ विद्यालयका प्रधानाध्यापक निरज पोखरेलले भने यस अघि भुईमा सुत्नु पर्ने बाध्यता थियो उहाँले विद्यालयलाई गर्नु भएको यो ठूलो सहयोगले बच्चाहरुको भविष्यलाई अझ सुन्दर बन्न साथ दिइएको छ ।

जन्मदिनमा हुने भजुल खर्च बचाएर सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा आफुलाई पनि आत्मासन्तुष्टि मिलेको र समाजले दिएको साथ र आशिर्वादले सधैँ हौषला बढ्ने गरेको सन्तोष भुजेलले बताए । उनले यस अघि पनि कोरोना तथा भूकम्पको समयमा विभिन्न क्षेत्रमा पुगेर सहयोग गर्दै आएका थिए भने आर्थिक अवस्था कमजोर परिवारलाई समेत जन्मदिनमा विभिन्न सामाग्री सहयोग गर्दै आएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरज पोखरेल, दाता सन्तोष खवास, सृजना खवास, मेची विद्योदय आविका पूर्व अध्यक्ष मिलन विक, अभिभावक भोगेन्द्र थापा शिक्षक नता विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु