मेची चरा तथा बन्यजन्तु संरक्षण समाज अब आफ्नै कार्यालयमा

2023-06-10 मा प्रकाशित

मेचीनगर, २७ जेठ । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन भएको छ ।

मेचीनगर–७ स्थित कञ्चनजंघा टोलमा रहेको कार्यालयको आज एक समारोहबीच चराविज्ञ तथा कोशी टप्पु बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिस तिम्सिनाले रिबन काटेर उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले छोटो अवधिमा धेरै चराको खोज तथा फोटोग्राफी गरेर पर्यापर्यटनको विकास र बन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए ।

एक वर्ष अघि खरेलकै नेतृत्वमा स्थापना भएको संस्थाले हाल मेचीनगर, रोङ लगायतका पालिकाहरुमा चराहरुको खोजी तथा संरक्षण अभियान सञ्चालन गरिरहेको छ ।
वडाध्यक्षद्वय प्रह्लादमणि ओली र अर्जुन कार्की, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव एसपी लुइँटेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु