स्थानीय खबर
मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा धमाधम हुँदै, आज क्षेत्र २ को साधारण सभा सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा अन्तर्गत बिहीबार क्षेत्रनम्बर २ को क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । सहकारीले बिहीबार मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रमको सभाहलमा साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभामा सहकारीको क्षेत्रनम्बर २ अन्तर्गत मेचीनगर ५ र ८ का सदस्यहरु सहभागि बनेका […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस वर्ष अग्रज पत्रकार नकुल काजीसहित तीन प्रतिभालाई सम्मान गर्ने
धुलाबारी, १० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस बर्ष बरिष्ठ पत्रकार नकुल काजीसहित तीन जनालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी पत्रकार एवम् साहित्यकार काजी, मेचीनगर नगरपालिका–७ की मालती राजवंशी र जैविक कृषक समूहलाई सम्मान गर्ने जनाएको हो । स्वर्गीय मातापिता लालबहादुर र भागिरथा बानियाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले […]
पूरा पढ्नुहोस्
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्धको अभियान सुरू
मेचीनगर । मेचीनगरमा ३४ औँ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । मंगलबार विहान धुलाबारी चौकमा प्रभातफेरि र्याली खहरेडाँगी हुँदै कृषि विकास बैंक परिसरमा पुगेर कोणसभा भएको थियो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ उजुरी गरौँ, प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसा विरूद्वको शून्य सहनशीलता लागू गरौँ […]
पूरा पढ्नुहोस्अटिजम सेन्टर बनाउन मेचीनगरमा अन्तरक्रिया
मेचीनगर। मेचीनगर नगरपालिकाले अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगर सभाहलमा नगरपालिकाले बौद्विक तथा अटिज्म सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा छलफल गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा भएका बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखेको रकम अटिज्म सेन्टर […]
पूरा पढ्नुहोस्
छात्र तर्फको भलिबल प्रतियोगितामा एभरेष्ट भ्यूले रच्यो उपाधि
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित स्पोर्ट मिट २०८२ सप्ताहव्यापी कार्यक्रममा छात्र भलिबल तर्फ मेचीनगर ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले उपाधि रचेको छ । धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीमा आयोजित प्रतियोगितामा तारापुञ्ज इङ्लिस स्कूललाई पछि पार्दै एभरेष्टले उपाधि रचेको हो । भलिबल तर्फको उपाधि जितेसँगै एभरेष्ट भ्यू अंग्रेजी मावि अब मंसिर १२ र १३ […]
पूरा पढ्नुहोस्
साविक दुवागढी – ३ ले चुम्यो, वडास्तरीय फुटबलको उपाधि
मेचीनगर । बाङ्गे पुल फुटबल क्लवको आयोजनामा झापाको मेचीनगर १३ स्थित हातेमालो सामुदायिकको विरान खेल मैदानमा जारी वडास्तरीय फुटबलको उपाधि साविक दुवाडी ३ ले जित्न सफल भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा साविक दुवागडी – ६ स्थित रोटेकमिला क्लबलाई १– ० को अन्तरले पराजित गर्दै साविक दुवागढी ३ विजयी भएको हो । मैदानमा खेलाडी […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेल सप्ताह जारी, आजबाट भलिबल र एथलेटिक्स प्रतियोगिता सुरु
मेचीनगर । प्याब्सन मेचीनगर यतिखेर सप्ताहव्यापी खेल उत्सवमा जुटिरहेको छ । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले प्याब्सन मेचीनगर स्पोर्ट मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको हो । मंगलबारबाट सुरु भएको कार्यक्रम आइतबार सम्म सञ्चालन हुने छ । प्याब्सनले नगरका बिभिन्न क्षेत्रमा भिन्न भिन्न विद्यामा प्रतियोगिता आयोजना गरिरहेको छ । मेचीनगर ६ […]
पूरा पढ्नुहोस्
मेचीनगरपालिकामा लैंगिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि कार्यक्रम सुरु
मेचीनगर । मेचीनगर नगरपालिकाले बुधबारबाट लैंगिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको छ । महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सञ्चालित कार्यक्रममा बिहीबार मेचीनगर क्षेत्रमा रहेका स्वास्थ्य स्वयमसेवीकाहरु सहभागि छन् । दुई दिन सम्म सञ्चालन हुने सो कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरणमा स्वयम सेवीकाहरुको भूमिकाको बारेमा छलफल हुने बताइएको छ । स्वस्थ्य स्वयम सेवीकाहरु हरेक […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार आजबाट प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले प्याब्सनले नगरका बिभिन्न ठाउमा कार्यक्रम सुरु गरेको हो । प्याब्सनले खेलको पहिलो दिन आज ब्वाइज फुटबल र टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ । प्याब्सनले मेचीनगर ३ स्थित बडाखालको खेल मैदानमा फुटबल र काँकरभिट्टा […]
पूरा पढ्नुहोस्
नेकपा एमाले मेचीनगरले मंगलबार मोटरसाइकल र्याली आयोजना गर्दै
मेचीनगर । प्रमुख शक्तिहरुलाई निशेध गरेर फरक प्रक्रियाबाट सरकार गठन भएको भन्दै आन्दोलित बनेको नेकपा एमालेले पछिल्ले समय आफ्ना गतिविधि र विरोधका कार्यक्रमलाई तीब्र पार्दै लगेको छ । प्रनिधिधि सभा पूनःस्थापनाको मुद्धालाई केन्द्रमा राखेर देशव्यापी शसक्त अभियान थालेको एमालेले मंगलबार सरकारको विरोध स्वरुप मोटरसाइकल र्याली आयोजना गर्ने जनाएको छ । सोमबार नेकपा एमाले मेचीनगरले पत्रकार […]
पूरा पढ्नुहोस्