स्थानीय खबर
आदर्शमा २ लाख रुपैयाँको “धनलक्ष्मी अक्षयकोष” स्थापना
मेचीनगर । मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयमा २ लाख रुपैयाँको “धनलक्ष्मी अक्षयकोष” स्थापना गरिएको छ । मेचीनगर–७, इटाभट्टा निवासी लक्ष्मीप्रसाद ओलीले आफ्नी श्रीमती धनमाया ओलीको स्मृतिमा सो अक्षयकोष स्थापना गरेका हुन् । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दाता परिवारको तर्फबाट कोष रकम हस्तान्तरण गरिएको थियो । सो अवसरमा दाता परिवारको तर्फबाट बोल्दै पूर्व शिक्षकसमेत […]
पूरा पढ्नुहोस्
मेचीनगरपालिकामा ३० दिने बुटिक तथा सिलाइ–कटाइ तालिम सुरु
मेचीनगर । मेचीनगरपालिकामा मंगलबारदेखि ३० दिने सिलाइ–कटाइ तथा बुटिक तालिम सुरु भएको छ । मेचीनगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको सामीका जिल्ला संयोजक शेखर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षामा सहभागी २५ जना महिला दिदीबहिनीलाई उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना […]
पूरा पढ्नुहोस्
धुलाबारी माविमा स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम
धुलाबारी । धुलाबारी । स्वास्थ्य सुरक्षा, प्राथमिक उपचार विधि तथा आकस्मिक अवस्थाबारे एकदिवसीय जनचेतनामूलक प्रशिक्षण आइतबार मेचीनगरस्थित धुलाबारी माविमा सम्पन्न भएको छ । एन्जल फाउन्डेसन उर्लाबारीको प्राविधिक सहयोग तथा धुलाबारी माविको समन्वयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो । स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा अचानक रक्तसञ्चार रोकिँदा […]
पूरा पढ्नुहोस्
एसइइमा शतप्रतिशत नतिजा ल्याउने ग्यालेक्सीका विद्यार्थीलाई सम्मान
बिर्तामोड । गत वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी झापाको भद्रपुर–९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले २०८२ मा शतप्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर भद्रपुर नगरमा एसइइमा शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउने ग्यालेक्सी २३ जना विद्यार्थीलाई सम्मान गरेको हो । २०८१ को एसइइमा पनि ग्यालेक्सी नगरकै उत्कृष्ट […]
पूरा पढ्नुहोस्
मेचीनगरमा माझी समुदायको भाषा–संस्कृति संरक्षणसम्बन्धी प्रशिक्षण सम्पन्न
मेचीनगर । माझी समुदायको भाषा, साहित्य कला तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल माझी उत्थानसंघ मेचीनगरको आयोजनामा शनिबार एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ८ स्थित दुर्गामन्दिर टोलमा आयोजित प्रशिक्षण कार्यक्रममा १०० बढी माझी समुदायको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई नेपाल माझी उत्थानसंघ केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर माझी र केन्द्रीय सह–कोषाध्यक्ष […]
पूरा पढ्नुहोस्
बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा हरिभक्त
झापा । बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापा को तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । कनकाईस्थित घृतकौशिक भवन मा आयोजित अधिवेशनले अध्यक्षमा हरिभक्त बराल लाई सर्वसम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षत्रयमा बासुदेव बराल, भोला बराल, रोहिणी बराल, महासचिवमा चैतन्य बराल, सचिवमा टंक बराल र कोषाध्यक्षमा टिका बराल सर्वसम्मत चयन […]
पूरा पढ्नुहोस्
नवनिर्वाचित सदस्य सचिन निरौलाको प्रतिबद्धता : “सम्मानभन्दा समस्या समाधान प्राथमिकता”
धुलाबारी । मेची उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित युवा व्यवसायी तथा सामाजिक अभियन्ता सचिन निरौलाले उद्योगी–व्यवसायीहरूको समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् । निर्वाचित भएपछि मेची आवाजसँग संक्षिप्त प्रतिक्रिया दिँदै निरौलाले धुलाबारी बजारको सडक समस्या, ग्रामीण सडकको अवस्था, चिया निर्यातमा देखिएका अवरोध तथा मेचीनगरमा उत्पादन हुने निर्यातजन्य भेनियर, […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सूर्य, रुद्र तथा त्रयम्बकम हवन एवं यज्ञ आयोजना हुने
मेचीनगर । मेचीनगर नगरपालिका–१, निन्दा सिरानमा आगामी २०८३ साल ज्येष्ठ २, ३ र ४ गते आयोजना हुन गइरहेको सूर्य, रुद्र तथा त्रयम्बकम हवन एवं यज्ञ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । आदरणीय गुरु प्रेमआङ्गेको योजना तथा मार्गदर्शनमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमले पूर्वी नेपालमा विशेष आकर्षण बढाएको छ । आयोजक जैमिनी ग्रूप अफ कम्पनी […]
पूरा पढ्नुहोस्
मेचीनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीले ल्याए एसईईमा ४.० जीपिए
मेचीनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेचीनगरका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीले ४.० जीपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीका अनुसार धुलाबारी माध्यमिक विद्यालयका सुमन राजवंशी र बाल सुबोधिनी माध्यमिक विद्यालयका जेनिस भट्टराईले ४.० जीपिए प्राप्त गरेका हुन्। मेचीनगरका १८ वटा सामुदायिक विद्यालयबाट कुल ९८८ जना विद्यार्थी सहभागी […]
पूरा पढ्नुहोस्
मेचीनगरमा अन्तरधार्मिक सद्भाव कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि धर्मगुरुहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको अन्तरधार्मिक सद्भाव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धर्मगुरुहरूको प्रवचन मानिसहरूले एकाग्र भएर सुन्ने भएकाले कथा–प्रवचनमार्फत हिंसा न्यूनीकरणबारे जनचेतना फैलाउन सकिने बताए। “मानिसलाई कथा र प्रवचनको […]
पूरा पढ्नुहोस्