बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा हरिभक्त

2026-05-15 मा प्रकाशित

झापा । बराल वंश प्रतिष्ठान जिल्ला कार्यसमिति झापा को तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । कनकाईस्थित घृतकौशिक भवन मा आयोजित अधिवेशनले अध्यक्षमा हरिभक्त बराल लाई सर्वसम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षत्रयमा बासुदेव बराल, भोला बराल, रोहिणी बराल, महासचिवमा चैतन्य बराल, सचिवमा टंक बराल र कोषाध्यक्षमा टिका बराल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा झग बराल, धर्म बराल, धनश्याम बरालउमनाथ बराल सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानका जिल्ला अध्यक्ष यामनाथ बराल को सभापतित्व तथा पूर्व क्षेत्र बराल वंश प्रतिष्ठानका अध्यक्ष धनपति बराल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष धर्मप्रसाद बराल, सुरेन्द्र बराल, रोहित बराल, सहसचिव सोमनाथ बराल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कृष्णप्रसाद बराल ले गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानले कुल पूजा समेत सम्पन्न गरेको थियो । त्रिदिवसीय कुल पूजामा झापा तथा मोरङ जिल्ला का बराल बन्धुहरुको सहभागिता रहेको समितिका अध्यक्ष यामनाथ बरालले जानकारी दिए । साथै सोही दिन माइन्युट हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु