स्थानीय खबर
मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सवको अवसरमा सम्मान
मेचीनगर । मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रममा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहकारी संस्थाले बिभिन्न व्याक्तित्वहरुलाई सम्मान गरेको थियो । सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सहकारीले मेचीनगर – १० निवासी सहकारी अभियान्ता दुर्गा खतिवडालाई सम्मान गरेको छ । उनलाई स्व. डिकबहादुर स्मृति […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पाँचौँ अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न, सिनियर तर्फ आदर्श विद्या मन्दिर र जुनियर तर्फ दन्तकाली प्रथम
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता सोमबार भव्य रूपमा सम्पन्न भएको छ । मेचीनगर–१३ चाराली (तेलीबारी) स्थित डन्बस्को इङ्गलिस बोर्डिङ स्कुल को प्राङ्गणमा आयोजित कार्यक्रममा मेचीनगरका १३ वटा विद्यालयहरुको सहभागिता थियो । प्रतियोगिता नेपाली माध्यम अन्तर्गत जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको साहित्यिक […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए
मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराएको हो । २०८२ साउनदेखि मंसिर महिना सम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । […]
पूरा पढ्नुहोस्
होराइजन ‘डान्सिङ आइडल सिन्सा’ र ‘सिंगिङ आइडल प्रतिक विक’
धुलाबारी १२ । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित ‘इष्ट होराइजन सिंगिङ एण्ड डान्सिङ आइडल–२०८२’ शनिबार सम्पन्न भएको छ । स्कूल परिसरमा आयोजित भव्य समारोहकाबीच सम्पन कार्यक्रममा यस वर्षको होराइजन डान्सिङ आइडल सिन्सा तुम्रुक र होराइजन सिंगिङ आइडल प्रतिक विक बनेका छन् । अडियन्स भोटिङबाट डान्सतर्फ छिन्नालता अधिकारी र सिंगिङतर्फ प्रतिक विक उत्कृष्ट बनेका छन् […]
पूरा पढ्नुहोस्
साविक दुवागढी स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उपाधि वडानम्बर ६ र ७ जित्यो
मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका […]
पूरा पढ्नुहोस्
वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर
मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक […]
पूरा पढ्नुहोस्
मेचीनगर – ५ मा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर – ५ वडाकार्यालयमा शुक्रबार स्थलगत धुम्ती कृषक तालिक सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा सहभागिहरुलाई माटो व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको थियो । माटोको गुण सुधार गर्न अपनाउनु पार्ने बिभिन्न बिधिका बारेमा सहभागिहरुलाई कृषि ज्ञान केन्द्र झापा अन्तर्गत सुरुङगा शाखाका प्राविधिक रविन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए । माटोको […]
पूरा पढ्नुहोस्
सामूहिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाले १८ औ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । मेचीनग – १२ स्थित सहरेडाँगीमा मुख्य कार्यालय रहेको सहकारीले शुक्रबार सामाजिक उत्तरदायीत्व अन्तर्गत धुलाबारी सेवाकेन्द्रमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काँकरभिट्टा स्थित दिब्यज्योती आँखा अस्पतालको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा इन्डो–नेपाल मिडियाकप’ हुने
काँकरभिट्टा । मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । आयोजकले शुक्रबार काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर खेलको बारेमा जानकारी दिएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको […]
पूरा पढ्नुहोस्
बालकल्याण माविद्वारा सामाजिक परीक्षण सार्वजनिक
मेचीनगर । मेचीनगर – ५ स्थित बालकल्याण माविले शुक्रबार २०८१÷०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिव्यस अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले बालकल्याण माविले पछिल्लो समय शैक्षिक क्षेत्रमा ठूलो सफलता हात पर्दै गएको बताए । विगत दुई वर्षदेखि […]
पूरा पढ्नुहोस्