मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बुधबारबाट सुरु भएको दोस्रो नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा आयोजित नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गर्नु भएको बजेटमा चालु अनुदानतर्फ ५१ करोड ६३ लाख ,पुँजीगत अनुदान तर्फ ७ करोड २३ लाख र बिशेष अनुदान तर्फ ७९ लाख बजेट छुट्टाइएको छ ।
त्यस्तै कोशी प्रदेश सरकारको शसर्त चालु अनुदान तर्फ १ करोड १० लाख, सशर्त पुँजीगत अनुदान तर्फ ४ करोड १४ लाख समेत स्वीकृत शिर्षक अनुसारनै खर्च गर्नेगरि पेश गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् । साथै संघीय समपुरक अनुदानबाट प्राप्त हुने ५५ लाख र कोशी प्रदेश सरकारको समपुरक अनुदानबाट प्राप्त हुने ६० लाखको कार्यान्वयनका लागि समपुरक कोषमा एकमुष्ट ४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्