अपाङ्गता साहायक सामाग्री बैंकले दियो, कम श्रवण शक्ति भएका व्याक्तिलाई श्रवण यन्त्र

2023-09-10 मा प्रकाशित

 बाहुनडाँगी । ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था अन्तरगत सञ्चालित अपाङ्गता साहायक सामाग्री बैंकले आइतबार मेचीनगरका बिभिन्न वडाका छ जनालाई श्रवण यन्त्र वितरण गरेको छ ।
साहयता सामाग्री बैंकले कम कान सुन्ने ब्यतिहरुलाई वडाको सिफारिसमा श्रवण यन्त्र वितरण गरेको हो । श्रवण यन्त्र पाउनेहरुमा मेचीनगर २ की कृष्णमाया गिरी, पून्यवती घिमिरे, मेचीनगर ४ का कान्द्रा करुवा, रामबहादर कार्की, बुधमाया कोइराला र दुर्गा प्रसाद चौलागाईँ रहेका छन् । कार्यक्रमका संयोजक पंडित मुकुन्द नेपालले सो सामाग्री हस्तान्तरण गरेका थिए ।
पंण्डित नेपालले पुराण वाचन गर्न गएका ठाउँबाट रकम संकलन गरी सो रकमबाट श्रवण यन्त्र खरिद गरेको र कम श्रवण शक्ति भएका व्याक्तिहरुलाई सो सामाग्री वितरण गरिएको ब्यवस्थापक कुमार ढुङ्गानाले जानकारी दिए । सामाग्री वितरण कार्यक्रममा जितबहादर राई र धनमाया सुब्बा भने उपस्थित नभएको कारण श्रवण यन्त्र वितरण गर्ने नसकिएको र केही दिन पछि सो सामग्री वितरण गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले मेचीनगरका सम्पूर्ण वडामा रहेका कम श्रवण शक्ति भएका मानिसहरुको पहिचान गरी क्रमश सबैलाई श्रवण सामाग्री वितरण गर्ने योजना रहेको बताए । उनले यस कार्यमा मेचीनगरपालिका तथा वडा कार्यालयको सहयोग आवश्यक रहेको बताए । सहकारीले पछिल्लो समय सामाजिकक्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु