2025-09-28 मा प्रकाशित
खेमराज थाम्सुहाङ्ग
यो शब्द आफैमा भय छ । हतियारधारी व्यक्ति वा समूह भनेर बुझ्छौँ । राज्य वा साधारण जनतामाझ असन्तुलित र ज्यान जोखिमको अन्तिम विन्दुमा पुगेको महसुस हुन्छ ।
बाहिरीबाट जे देख्छौँ भित्रबाट फरक पनि हुन सक्छ । यी समूह पनि एक निश्चित विचार र लक्ष्यको विन्दुमा पुग्नलाई यात्रा तय गरेको हुन्छ ।
यस आतङ्ककारीले विश्वको कुनै पनि भू–भाग र प्रत्येक व्यक्तिको मनमा जन्म लिएको हुन्छ । देखाउनु, नदेखाउनु, देख्नु–नदेख्नु वेग्लै विषय हुन सक्न्छ । यो वाद ९ष्कm० को जन्म अति स्वार्थी विचारले पनि हुन्छ ।
राजनीति व्यवस्था र शासकको व्यवहारले समेत जन्माउने गर्छ । आ–आफ्नो क्षेत्रगत, भू–भाग अनुसार यस वादको रुप–स्वरुप फरक फरक हुन्छ । जस्तै, धर्मवाद, जातिवाद, नातावाद, कृपावाद, क्षेत्रवाद, समूहवाद र वर्गवाद, यी माथीका वादहरु मध्ये कसैले उच्छङ्घल देखाइ उग्रवाद र हतियार उठाएमा आतङ्कवादको नाम पाउँछन् ।
विश्वको हरेक राज्यको कुनै क्षेत्रमा यी माथिका वादहरु मध्ये कुनै एक वा सो भन्दा बढी प्रयोग भइरहेको पाइन्छ । जसको कारण देशको संरक्षण र भू–भागको भौतिक विकास भन्दा पनि आफ्नो रंग र ढंगको आधारमा समुहगत विभाजन र गठन भइरहेको हुन्छ ।
राजनीति व्यवस्था र शासन प्रणालीको हिसावले नभई वादको रुप–रेखामा राज्य सञ्चालन हुन गई लोकतान्त्रिक आचरण शुन्य हुनपुग्छ । मातवता, स्वतन्त्रता र भाई बन्धुत्व हराउँदै जान्छ, वादहरु बीच नटेर्ने, नीति–निर्माण स्वीकार्य नहुने,राम्रो विषय नपच्ने जस्ता विचारहरु जन्मन्छन् । माथिल्लो तह देखि गाउँ–घरको सुश्म विन्दु सम्म यी वादको प्रभाव देखिन पुग्छ । मानवन बाच्ने–चल्ने, आशा–भरोसा अविश्वासनिय तरिकाले छत्ताछुल्ल हुन पुग्छ ।
यस्तै माथिका कुनै एक वादको आचरण भएको व्यक्ति कुनै एक उच्च पद तथा राज्य शासक हुन पुगेमा त्यस्ता व्यक्तिले कस्तो प्रकारको व्यवहार र जनताको दिमागमा विचार भरिदिन्छ होला ?
कुनै पनि समूहको हक–अधिकारको नाममा, धर्म र जातीको संरक्षणको नाममा, क्षेत्रगत विकासको नाममा, सम्प्रदायक हिसाबले चल्न थान्छ । यसको कार्य र उद्देश्य राम्रै देखिएता पनि, पर्न गएको असरले अर्र्को एउटा वादको जन्म हुन पुग्छ ।
अन्तमाः एकल जातीय समूहको एकद्धार शासन प्रणाली प्रारम्भ हुन पुग्छ, जसको कारण सक्षम, अवल व्यक्तिहरु ओझेल पर्न जान्छ, अल्पमत समूह विलयन तहमा पुग्छ, स्वतन्त्र व्यक्तिहरु पलायन हुन्छन्न्, देशको शासन–प्रणाली व्यक्ति विशेष वा वाद विशेष हुन पुग्छ ।
अस्थिर समयले स्थिरता लिन थाल्छ । जन–धनको असुरक्षित हुन्छ, जसको शक्ति उसको भक्ती हुन थाल्छ । विचौलियाहरुको जन्म हुन्छ । शक्तिशाली मुलुकहरुको हेर्ने नगरमा वदलाव आउँछ ।
नेपालमा देखिएका विशेष वादहरु मध्ये धर्मवाद, नातावाद, जातिवाद, वर्गवाद, कृपावाद र समूहवाद हुन ।
यी वादहरु बीचको आन्तरिक इस्या ९भ्नय० र इखले नेपाली बिचको आफ्नोपनको भावना र देशको भक्ती प्रेम हराएको देखिन्छ । वादको कारण समय सापेक्ष व्यक्तिले रोजेको, देशले खोजेको अब्वल नागरिक भन्दा पनि वादले चाहेको व्यक्ति शासक हुन पुगी देशमा दुर्घटनाको अवस्था आइपुग्छ । अस्थ्त्विको पहिचान गुम्ने सम्भावना हुन्छ । यसले एक दशकको अन्तरमा फेरी एक नयाँ शासक र व्यवस्थाको सुरुवात हुनपुग्छ । जसलाई हामी असन्तुष्टहरुको वदलावको विचारलाई परिवर्तनको नाम दिन्छौँ । यसरी नागरिकले दुःख पाउने मात्र होइन, देशले पनि दुर्घटनाको अवस्था भोगी विदेशीको चल–खेलको केन्द्र मैदान हुन पुग्छ ।
यसरी कुनै पनि वादलाई पारिवारिक र संस्कारमा मात्र सीमित राखौँ तर राजनीति र बाहिरीको व्यवहारिक क्षेत्र–कार्यमा प्रयोग नगरौँ । यी वादहरुबाट हामी माथि उठौँ, किन कि हामी सबै नेपाली हौँ । नेपाली भएर बाँचौ, नत्र वाद देखि उग्रवाद, उग्रवाददेखि हतियार सहितको आतंकवादमा प्रस्तावित वृद्धि हुन नपुगौँ ।
देशको माया, पूर्खाहरुको पसिना र सहिदहरुको सपनालाई नेपालीले बिसिर्नु कहिल्यै हुदैन । जय नेपाल ।

प्रतिकृया दिनुहोस्