मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिरले शुक्रबार २० औं वार्षिकोत्सव विविध कार्यक्रमको साथ सम्पन्न गरेको छ । धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले रोचक एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रको सुरुमा ‘लाग्दछ मलाई रमाइलो’ बोलको गीतमा रमाउँदै बालबालिकाहरुले नृत्यद्वारा अतिथि एवम् अभिभावकहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा आफ्ना नानीहरुको प्रतिभा देखेर अभिभावकहरु समेत दंग थिए ।

कार्यक्रमकै बीच प्रस्तुत गरिएको आमा शिर्षकको चेतना मुलक नाटकले सहभागि सबैको आँखा रसाएका थिए । साना नानीहरुको राइम्स, फेसन शो, थारु नृत्य, आधुनिक नृत्य, नाटक ‘हाम्रो भविश्य हाम्रो जिम्मेवारी’ लगायतका रोचक प्रस्तुतीले सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार रेग्मीको सभापतित्व तथा एन प्याब्सन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शिक्षा सेवी एवम् साहित्यकार भीम प्रसाद निरौलालाई सम्मान गरिएको छ । श्री सत्य साई सेवा संगठनमा आवद्ध भई लामो समयदेखि सेवा, आध्यात्मिकम साधना, शिक्षा, साहित्य तथा मानवीय कार्यहरुका माध्यमबाट समाजमा युर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई स्व. लिलाकुमार ÷ कौशल्यादेवी श्रष्ठ स्मृति पुरस्कार द्वारा सम्मान गरिएको हो । उनलाई अक्षयकोष दाता कविन्द्र श्रेष्ठ र रीता श्रेष्ठले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको अवसररमा विद्यालयले २०८० र ०८१ सालमा कक्षा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले कार्यक्रमको औचित्य प्रकाश पार्दै आदर्श विद्या मन्दिरले मेचीनगरमा छुट्टै पहिचानका साथ स्थापित भइरहेको दावी गरे । उनले संस्कार सहितको शिक्षा आजको अवश्यक्ता भएको बताउँदै आफ्नो विद्यालयले शिक्षासँगै संस्कारलाई पाथमिकता दिँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जयबहादुर श्रेष्ठले २१ औं सताब्दीको ज्ञान र विज्ञानलाई सार्थकता दिन सक्ने विद्यार्थीमा हौसला मिलोस भन्दै शुभकमना दिए । उनले पश्चिमी संस्कृती हाबी हुँदै जाँदा आज नेपाली परम्परा र संस्कार हराउँदै गएको भन्दै चिन्ता ब्यक्त गरे । सिकाइ ठूला ठूला किताबका ठेलिमा मात्र हुँदैन उनले भने, जीवनलाई सार्थक बनाउँन उसमा नैतिकता र आचरणमा हुनु पर्छ नत्र फोर जीपीएको कुनै अर्थ हुँदैन ।
सरकारले निजी विद्यालयहरुलाई निषेद गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘सरकारले सामुदायिक विद्यालयहरुमा करोडौं खर्चिरहको छ तर त्यहाँबाट उपलब्धी भने खासै दखिँदैन उपलब्धी निजीले दिको छ तर सरकार त्यसलाईउपलब्धी ठान्दैन । सरकार हामीलाई नियमन मात्र गर्छ । उनले दुखेसो पोखे ।

कार्यक्रममा मानव द्धन्द रुपान्तरण केन्द्र नेपालकी श्रोत व्याक्ति तथा कवि कविशिरोमणी माविका विद्यालय ब्यस्थापन समिति अध्यक्ष संगिता थापा, इन्द्रेणी महिला साहित्यीक मञ्चकी अध्यक्ष अध्यक्ष मिरा काफ्ले र सम्मानित ब्यक्तित्व निरौलाले आदर्श विद्या मन्दिरले जीवनलाई सार्थक बनाउन संस्कार युक्त शिक्षामा जोड दिएको भन्दै विद्यालय परिवारको प्रशंसा गरे ।
कार्यक्रममा एन–प्याब्सनका केन्द्रीय सचिव सञ्जीव राई, प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्री, सत्य साई केन्द्र धुलाबारीका अध्यक्ष सारदा नेपाल, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मिरा सिटौला लगायतको आतिथ्यता रहेको थियो ।
कक्ष ८ की छात्रा दिप्सीका मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयुशा राई र दिब्यन्ता खत्रीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्