मेचीनगर, ७ भदाै । उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरकाे दाेस्राे अधिवेशनले रचना घिमिरेलाई पुन: अध्यक्षमा चयन गरेकाे छ ।
आइतबार काँकरभिट्टामा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली) काे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले मेचीनगर अध्यक्षमा घिमिरेलाई चयन गरेकाे हाे ।
घिमिरेलेकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरिएको छ । पहिलाे वैठकले पदाधिकारीकाे निर्णय गर्ने गरि अहिलेलाई १० जना सदस्यमा सीता गिरी पुरी, मीरा काफ्ले पाेखरेल, सुष्मा राजबंशी, सारथी राजबंशी, विशाल घिसिङ, अनिता खनाल गुरागाई, किरण गाैतम, राहुल बाँस्काेटा, तारा आचार्य र केपी शिवाकोटी रहेका छन् ।
मेचीनगरमा २ वर्षअघि गठन भएको समितिमा रचना घिमिरेकै अध्यक्षतामा महिला मात्रकाे समिति बनाइएकाे थियाे । नगर समितिलाई अझ चुस्त, सक्रिय र प्रभावकारी बनाउनका लागि यसपटक पुरूषहरूलाई पनि समेटिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मार्सेली, केन्द्रीय सदस्य निलकण्ठ तिवारी, माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गाेविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अभियानका केन्द्रीय सदस्य माेहन काजी, जिल्ला सदस्य अर्जुन कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे ।
अभियानकाे सहजीकरण मेचीनगर सदस्य शुष्मा राजबंशीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्