मेचीनगर । नेपाल माझी महिला उत्थान संघ मेचीनगर कार्य समितिको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। नेपाल माझी महिला उत्थान संघ झापाकी अध्यक्ष पदममाया माझीको सभापतित्व तथा नेपाल माझी उत्थान संघ केन्द्रीय लेखा समिति सदस्य सन्तलाल माझीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट बबिता माझी अध्यक्ष, कृष्णकुमारी माझी उपाध्यक्ष, मेनुका माझी सचिव र हरिमाया माझी कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा पुष्पा माझी, ममता माझी, सृजना माझी, लक्ष्मी राई माझी तथा रिता माझी सर्वसम्मत चयन भएका छन्। अधिवेशनले कमला देवी माझीको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ। समितिका सदस्यहरूमा बिमला माझी, शर्मिला माझी र सपना माझी रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि सन्तलाल माझी र सभाध्यक्ष पदममाया माझीले माझी समुदायका महिलाको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका लागि संगठित प्रयास आवश्यक रहेको बताएका थिए। उनीहरूले महिला नेतृत्व विकास तथा समुदायको उत्थानमा संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन तुलसा माझीले गरेकी थिइन् भने स्वागत मन्तव्य नरमाया माझीले राखेकी थिइन्। अधिवेशनमा माझी समुदायका महिला तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।


प्रतिकृया दिनुहोस्