‘सामाजिक र पुरुषवादको सोचमा परिर्वतन आए महिला हिंसा रोकिन्छ’

2023-01-30 मा प्रकाशित

रमिला योन्जन

महिला भएकै कारण उनि माथि गरिएको शारिरीक, मानसिक यौन शोषण, दमन, यातना र अमानविय व्यवहार जातिय दुर्व्यवहार गर्नु नै महिला हिंसा हो ।

समाजमा घरेलु हिंसालाई सामान्य घरेलु समस्याका रुपमा लिने गरेको पाईन्छ तर महिला माथि हुने विभिन्न घरेलु हिंसा पनि एक जघनीय अपराध हो । यसकारण पनि महिला हिंसा बढ्दो क्रम छ । पुरातनवादी संस्कार र रहनसहनको कारण मानवबीच उत्पन्न भएको असभ्यताले पनि महिलाहरुलाई हिंसातिर धकेली रहेको हुन्छ ।

महिलाहरुमा आत्मा जागरण अनि आफ्नो आत्मबल र आफूलाई चिन्ने क्षमता प्रति दृढ विश्वासको कमि भएरपनि अधिकांस महिलाहरु परर्निभर छन् । महिला महिला बीचको शत्रुता एक नारीले अर्कोको नारी आत्मसक्षम भएको देख्दा हौसला दिई अगाडि बढ्न प्रेरित गर्नुको सट्टा फलानी यस्ती, उस्ती घर बाहिर काम गर्न गई भन्दै कुरा काटि विभिन्न लान्छना लगाई खुट्टा तान्ने प्रबृत्तिको कारण पनि सक्षम महिलाहरुको मानसिक र बौद्धिक क्षमतामा असर परि कमजोर बन्दछन् ।

महिला हिंसाको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने गत असार महिनाबाट असोज महिना सम्ममा १८० महिला हिंसाका घट्ना आएको र जस मध्ये घरेलु हिंसा ७५ प्रतिशत कुटपिट २८ प्रतिशत बलत्कार र बालविवाह जातिय दुर्व्यवहार, बहुविवाह सम्बन्ध विच्छेदलगायत ९४ प्रतिशत घट्नाहरु रहेका छन् ।

उक्त तथ्याङ्क हेर्दा पनि महिला हिंसाको मुद्दाहरुमा घरेलु हिंसा द्वारा पीडित महिलाको नै संख्या नै बढी देखिन्छ । प्रायः जसो महिलाहरु श्रीमान द्वारा नै पीडित हुन्छन् । श्रीमतीलाई अपशब्द प्रयोग गर्नु तथा अपमान जनक व्यवहार गर्न पनि हिंसा हो । जस्तै बहुविवाह गरेका, खाना लगाउन नदिएका, सामान्य विवादमा कुटपिट गरेका म चाहिँ पुरुष हुँ म ठूलो मैले घरको काम गर्न हुन्न भन्ने सोचका कारण पनि घरेलु हिंसा भएको हो ।

इज्जत नामको तगारो भित्र बन्दी हुन्छिन् नारी । श्रीमान नामको पुरुषले दिएको यातना सहेर आँशु पिएर जिउँछिन् नारी । उसैको प्रतिष्ठाको खातिर स्वातन्त्रतालाई बन्धकी राखेर यातना सहेर बाँच्न बाध्य छिन् नारी ।

महिलामाथि हुने विभिन्न खाले हिसां र महिलाहरू दिन दाहाडै बलत्कारको सिकार बनेका कयौँ घटनाहरू छताछुल्ल भइरहेका छन् । किन भइरहेको छैन अपराधीलाई फाँसी तथा अन्य कडा कारबाही सरकारमा बसेका दलका कार्यकर्ता नै सरकारकै आडमा यस्ता घटना कार्यमा संलग्न भएका पनि कतिपय ठाउँमा पाइका छन् । सत्य तथ्य घटनामा आवज उठाउने सूचनाको सम्वाहक सञ्चार क्षेत्रलाई अकुंस लाग्ने किसिमको २०७५÷५÷१ बाट कार्यन्वयन भएको कानुनले अपराधीलाइ हौसला बढेको पो हो कि भन्ने आशंका लाग्नु कुनै अनौठो कुरा होइन । किनकि कतिपय ठाऊँमा ठुला ठुला जघन्य अपराध हुँदा पनि तिनै राज्य सत्तामा रहेका नेताहरुले कानुनको धज्जी उडाउदै पिडकलाई छुटाउन मरिमेटेर लागेको पनि स्पष्ट हामीले देखेका र भोगेका छौँ ।

किन दिनप्रतिदिन नेपाली न्यायलय कमजोर बन्दैछ । हजारौ परस्त्रीसँग सम्बन्ध बनाएर हिँड्ने पुरुषहरूले घरमा बाल बच्चा समालेर बसेकी श्रीमतीलाई विभिन्न लान्छना लगाएर बालबच्चाको भविष्यसँग खेलवाड गर्दै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेर परस्त्री सँग विवाह गर्न पाउनु के ठिकै हो त रु यस्ता मुद्दाहरू दर्ता गर्न पाउनु चाहिँ महिला तथा बालबालिका हिसां लाई हौसला दिए सरह होइन र यस्ता किसिमको हिंसा किन बढिरहेको छ रु नयाँ कानुन निमार्ण तथा कार्यन्वयन गरेर झन् महिलाहरूलाई पिडित बनाई पिडकलाई हौसला बढाइरहेको त छैन रु के सरकार यस्तै महिलालाई पीडामाथि पीडा थप्न बनेको हो जनताले जे आशा गरेर जनप्रतिनिधिलाई मतदान दिएर जनताको प्रतिनिधित्व र देशकोनेतृत्व गर्न दिएका थिए । देशमा अधिंकाश महिलाहरूको प्रतीक्षाको घडी बनेको नव निर्मित सरकारले महिला हिंसा विरुद्धको काम गर्न सक्ला की भन्ने आशां बढदै गएको छ ।
महिलामा आउने विभिन्न समस्याको निराकरण गर्न कम्युनिष्टले नेतृत्व गरेको सरकारले कडा कानुन बनाई कार्यन्वयन गरि पिडितको आवश्यकता पुरा गर्ला भन्ने अपेक्षामा पिडितमा अड्किएका छन, तर खै पुरुष प्रधान देश नेपालमा शोषण कसरी कहिले अन्त्य होला रु जल्दो बल्दो घट्ना सामाजिक परम्परा अनुसार बिहे भएको २१ दिन मा पुरुषले सम्बन्ध बिछेदको मुद्दा दर्ता गरेको छ ।
जिल्ला अदलत ललितपुरमा पुरुषले बिहेको फोटो देखाएको आधरमा सम्बन्ध बिछेदको मुद्दा दर्ता गरी एउटी नव विवाहित नारी पिडित भएकी छिन् । एउटा पुरुषले उनी मेरी श्रीमति हो विवाह भएको २१ दिन भयो , सम्बन्ध बिछेद गरी पाऊँ भनी फोटो देखाएको आधारमा सम्मानित जिल्ला अदलतले सम्बन्ध बिछेदको मुद्दा दर्ता गर्नु के ठिकै हो त रु
नेपाल कानुन र सम्विधानले चलेको देशमा पर्छ कि व्यक्तिले मनोमानित चलाएको देश मा पर्छ अन्योल यहीँ देखिन्छ ।
लामो समयका लागि स्थिर सरकार कहिले बन्छ भनेर छटपटिएका छन आम पिडित महिलाहरु,यो नयाँ सरकारको पनि उही आफ्नो चाल ढालमा मै सिमित हुने होकि भन्ने आशंकति भएको छ ।
कतिपय राक्षस स्वभाव भएका पुरूषबाट नारीको इज्जत लुटेर बलत्वकार गरिएको जस्तो जघन् यअपराधलाई पनि धाक धम्कीको भरमा महिलालाई पिडीत बनाई हिंसा गुपचुप राखी पैसामा मिलेमतो गराई हिंसा सहन बाध्य किन गराएको पनि पाइन्छ ।
२०७४मा नयाँ सरकार आएर कानुन नै परिर्वतन गरेपनि महिला माथि हुने अन्यअत्याचार गर्नेलाई बिना कारबाहि छोडिएको पनि बिभिन्न अनुसन्धान बाट प्रस्ट भएको छ । प्रजातन्त्र स्थापना पछि महिलाले पाएको ३३ प्रतिशत महिला अधिकार पनि अन्योलमा परेको हो या पार्ने कोसिस हो रु किन बढ्दै छ महिला हिंसा रु किन लुटिन्छ विभिन्न प्रलोभनमा पारी महिलाको इज्जत रु धाकधम्की लोभलालच मा पारी किन बनाइन्छ महिलालाई लुटिन बाध्य रु राज्यको जिम्मेवार निकाय र सरोकारवालाहरूबाट किन यसलाई वेवास्ता गरिँदैछ । पीडकलाई राज्यले कडाभन्दा कडा कारबाही र सजाय दिनुपर्छ, अनि परिवर्तन हुन्छ समाज प्रत्येक दिनजसो समाजमा घटिरहेको महिला हिंसाहरुको प्रमुख कारण माधक पदकपदार्थ अन्य नसा जन्य वस्तु र यौनप्यास तथा दाइजो प्रथा समाजमा महिला जागरण र शैक्षिक चेतनाको कमि तथा अभाव आदि कारणले पनि महिला हिंसा बढेको हो । समाजमा समाजिक रुपान्तरणको लागि महिलालाइ अग्रसर गराइ समाजमा महिलालाई हेर्ने कुद्रिष्टीको परिवर्तन गराइ हिंसारहित समाजको निर्माणमा टेवा पुर्याई बलत्कारीलाइ कडा कारबाही गर्ने नियम तथा फाँसीको सजाए दिए बलत्कार तथा अन्य विविध महिलामाथि हुने हिंसा तथा अत्याचार कम हुने थियो ।

बहुरूपी पुरुषहरू आफ्नो इच्छासँगै सुतेर पूरा गर्न तिनै महिलासँग हुने तर किन ति महिलालाई वेश्या भनिन्छ, एक नारीबाट अर्को नारीसँग सम्बन्ध बनाई नारीको जीवनसँग खेलबाड गर्ने पुरुषलाई चाहिँ किन मर्दाको पगरी गुथिदिइन्छन्, यो समाज तिनै पुरुषबाट लुटिएकी नारीलाई चाहिँ वेश्या भनेर घृणा गर्दछन्, महिलालाई वेश्या बन्न बाध्य गर्ने यिनै राक्षस बहुरूपी पुरुष होइन र, यी पुरुषहरूलाई चाहिँ किन अयोग्य भनिँदैन । यो समाजमा यस्ता कलंकित पुरुषलाई लिगं छेदन तथा समाजबाट बहिस्कार गरिनुपर्छ अनि बन्छिन् नारी सुरक्षित ।

चेतनाको हर ठाउँ चम्किलो पार्नुपर्छ टुकी बाली

आत्मा रक्षाको लागीि आफै जाग्नु पर्छ नारी खुकुरी उचाली ।

२, ४ कुरा हिजो को आज नै परिवर्तनमा ल्याएका सरकारको लाचारिपन कहिलेसम्म हो रु आखिर शोषित महिला तथा बालिकाको पक्षमा केही कडा कानुन बन्ने हो भने तब केही हदसम्म रोकिएला कि अपराध ।
एउटी नारीको सम्बन्ध पुरुषसँग जोडिन्छ, यही पुरुष बहुुरूपी बनी यातना दिन्छ । सहन बाध्य हुन्छिन् नारी, किन रु किनकि त्यहाँ २ वटा कुरा जोडिएका हुन्छन्ः एउटा इज्जत अर्को सन्तानको माया, अनि समाजको डर । यही कारण महिला कानुन र मिडियामा आउन र पीडा भन्न सक्दैनन्, र भित्रभित्रै जलन भएर अधिकांश महिलाहरू आत्महत्याको सिकार बन्न पुग्दछन्, आखिर कति दिनसम्म यो समाजमा कुप्रथा र हिंसा भइरहन्छ।

दाइजो नल्याएको कारण जिउँदो जलाइन्छ अनि विभिन्न यातना दिई अन्तिममा आत्महत्या गर्न बाध्इ गराउँछन्, नारीलाई र समाजले आत्महत्याको उपाधी स्वरूप मृत्यु पश्चात पनि प्रतिआरोप, र कागजी मुचुल्का बनाइ स्वइच्छाको मृत्यु घोषणा गर्दछन्, किन देख्दैनन् । आत्महत्या गर्न बाध्य पारी शोषण गरिएको सरोकारवालाहरू अनि किन बनाउँदैनन् अपराधीलाई सजाय दिन कडा नियम र किन कार्यान्वयनमा ल्याउँदैनन् कानुनलाई रु इज्जत नामको तगारो भित्र बन्दी बनाएर श्रीमान नामको पुरुष जसले दिनदिनै यातना दिन्छ ।
उसैको प्रतिष्ठाको खातिर आफ्नो स्वतन्त्रतालाई बन्दकी राखेर यातना सहेर बस्न बाध्य छिन्र नारी । किन घर, समाज, सार्वजानिक स्थल आदि बिभिन ठाउँमा असुरक्षित छिन् नारी ।
महिला हिंसाको अन्त्य तथा न्यूनिकरण गर्नको लागि ठूला ठूला आन्दोलन हैन सामाजिक सोच र पुरुषवादको सोचमा परिर्वतन ल्याउन आवश्यक छ । पुरुष भएर होइन परिवारको एउटा सदस्य भएर सोच्ने हो भने घरेलु हिंसा न्यूनिकरण मात्र हैन अन्त्य अवश्य हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु