सडक मिचेर अनधिकृत रुपमा बनाइएका सबै संरचनाहरु मेचीनगरले हटाउने

2023-08-25 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै काँकरभिट्टा चारआली खण्डमा सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको जोखिम देखिएपछि सडकको मध्यविन्दुबाट दाँयाबाया २५ २५ मिटर भित्र निर्माण गरिएका पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा धुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु हटाउने जनाएको छ ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरेको उक्त सूचना भनिएको छ, यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र हटाउनु पर्ने छ । सो समय सिमा भित्र मापदण्ड पालना नगरी निर्माण भएका पार्किं स्थल, भवन, व्यवसायिक टहराहरू तथा घुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु नहटाएमा “स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम नगरपालिका आफैले हटाई उक्त कार्य गर्दा लागेको खर्च सम्बन्धित व्यक्ति संस्थाबाट असुल उपर गर्ने मेचीनगरले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु