मेची उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क आँखा शिविर, ४३२ जनाले लिए सेवा

2023-08-25 मा प्रकाशित

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा आज एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर १५ स्थित ज्यामिरगढी माविमा आयोजित शिविरमा ४३२ जनाको आँखा परीक्षण गरिएको थियो । आदिवासी बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय अभिभावकलाई काँकडभिट्टा आई केयर सेन्टरका डाक्टर रोजल थापा थापाको नेतृत्वमा खटिएको टोलीले सेवा दिइएको थियो ।


शिविरमा ५० जनालाई निशुल्क ओैषधि तथा २७ जनालाई चश्मा बितरण गरिएको तथा २३ जनामा मोतिया विन्दुको समस्या देखिएको मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष मन्जु बस्नेत अधिकारीको सभापतित्व एवम् मेची उद्योग वाणिज्य संघको अध्यक्ष खेमराज प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा शिक्षक अभिभावक संघका अध्यक्ष केपी सिवाकोटी , प्रधान अध्यापक सन्तप्रसाद चौंलागाई, शिक्षकहरु,मेची उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु श्याम न्यौपाने,आनन्द खड्का ,मानकुमार कटुवाल ,कार्यकारी निर्देशक गोपाल बस्नेत , आँखा अस्पतालकाको अर्डिनेटर लोकनाथ गौतम,स्टोर इन्चार्ज कृष्ण लिम्बू ,यज्ञराज खत्री समेतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु