ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडरमा दिपेन्द्र सिंह ऐरी

2024-01-27 मा प्रकाशित

काठमाडौं । ग्रेस इन्टरनेशनलको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ग्रेस इन्टरनेशनलले नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको ग्रेस इन्टरनेशनल बिराटनगरका सञ्चालक प्रदिप बास्तोलाले जानकारी दिए। ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र क्रिकेटर दीपेन्द्र सिंह ऐरीले ३ वर्षका लागि ग्रेसको ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्, ।

विगत १७ वर्षदेखि नेपालमा रहेका र विशेषतः अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरीका लगायतका विभित्र मुलुकमा पढ्न चाहने वि‌द्यार्थिहरुलाई परामर्श प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनल पछिल्लो समय युवा विद्यार्थी माझ विश्वसनीय र पहिलो रोजाईको रुपमा रहेको संस्था बन्न सफल भएको छ ।

ग्रेस इन्टरनेशनलका निर्देशक पौडेलले दिपेन्द्र सँगको सहकार्यले नयाँ पुस्ता र विशेषतस् युवा पिढीलाई करिअर निर्माण गर्न मदत पुग्ने विश्वास व्यक्त गरे । उनले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रर्वद्दनको उ‌द्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रुपमा रहेको बताए । दीपेन्द्रले ग्रेसका निर्देशकलाई आफ्नो जर्सी उपहार दिँदै ग्रेससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस यात्रामा साथ दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ग्रेस इन्टरनेसनलले वर्ष २०२४ लाई विज्ञापन र प्रचारको वर्ष भन्दा पनि सामाजिक उत्तरदायित्व बहनको वर्षका रुपमा मनाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। ग्रेसले नेपाली क्रिकेटका धेरै घरेलु प्रतियोगितालाई सहयोग गर्ने, गाउँ गाउँका स्थानीय खेलाडी र प्रतियोगितालाई प्रोत्साहन गर्ने, विभिन्न ठाउँमा खेलकुद सामग्री वितरण गर्ने, खेलाडीहरुलाई व्यवसायिक बनाउन सहयोग गर्ने लगायतका योजना अघि सारेको ग्रेस इन्टरनेशनल विराटनगरका प्रमुख प्रदिप बास्तोलाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु