आर्थिक सहयोग गरेर जीवन बचाइदिन चुनादेबीले गरिन् अपिल

2024-02-19 मा प्रकाशित

बिर्तामोड । आर्थिक अभावले पूर्णउपचार नपाएर हस्पिटलको (वेड) बाट बाहिरिन बाध्य भएकी देउमाई २ निवासी चुनादेबी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् ।
अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाखबढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् । उपचारका क्रमश चल्दैथियो । हातको हड्डीमा इन्फेक्सन भएकाले उपचारमा संलग्न चिकित्सकले पनि नजान भनेको थियो, के गर्नु आफूलाई चिनेजानेकाहरुले गरेको सहयोगले नपुगेर १८ लाख जती ऋण नै गरिसकें त्यो रकमले नपुग्ने भएपछि ६ पटकसम्म अप्रेसन गरेको सिथिल शरीर लिएर हस्पिटल कक्षबाट आइतबारदेखि कोठामा छु (भाबुक हुँदै चुनादेबीले भनिन् ।
इलामको देउमाई (२ स्थितमा कोठामा बस्दै आएकी सुवेदी २०८० साउन २६ गते शुक्रबार अपरान्हमा ढोकामा लगाएको पर्दा निकाल्न मुढामा चडेकी थिइन् । मुडामा खुट्टा चिप्लिएर लडेपछी उनी अचेत भइँन् । रक्तपात अवस्थामा भुइँमा लडेको देखेर छिमेकीले फिक्कलस्थित स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । त्यहाँ सामान्य उपचारपछी झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पुग्दा उनको होस आएको उनको भनाई छ । भाँचिएको हात र आर्थिक अवस्था बुझेर ब्याण्डेज गरेपछि बिर्तासिटीले बिराटनगरस्थित नोबेल हस्पिटलमा रेफर गरिदियो ।
नोबेल हस्पिटलले भाँचिएको हातमा अप्रेसनपछी स्टिल राखेर उपचार गरेको थियो । उपचारपछि घर फर्के, चुनादेबीले भनिन्,ञ७ वर्षको छोरालाई पालनपोषण रेखदेख गर्नैपरो । पहाडको ठाँउमा जोगिएरै सकेको सामान्य काम गर्दै थिएँ । हस्पिटलले ३ महिनामा स्टिल खोल्न भनेको थियो । आर्थिक अभावले समयमै स्टिल खोल्न सकिँन । हातमा सिलाई गरेको ठाउँमा फोका हुँदै घाउँ निस्किन थाल्यो । स्थानीयले गरेको आर्थिक सहयोगको भरमा नोबेल हस्पिटल पुगेर स्टिल निकाले पनि हातमा इन्फेक्सन बढेको उपचारमा संलग्न चिकित्सकले बताए ।झ
स्टिल निकालेपछी घाउँ दुख्न थाल्यो भनेपछि बिर्तामोडस्थित मानव सेवा केन्द्रका प्रोपाइटरको दाजुभाईले झापाको बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिदिएका थिए । हस्पिटलमा एमआरआई गर्दा हातबाट इन्फेक्सन फैलिंदै शरीरमा पुगेको उपचारमा संलग्न डाक्टरको भनाई छ ।
उपचारका क्रममा माइती पक्ष, घरछिमेकी, नातागोता, विद्यालय, वडा कार्यालय वा चिनेजानेका सबैको सहयोग र ऋण गरेको २० लाखबढी रकम पटकपटक गरी हस्पिटल र मेडिकललाई बुझाएको छु । तर, स्वास्थ्योपचार पुर्ण पनि भएको छैन, उनले भनिन्, ञमेरो उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध हुँ ।
४ पटक अप्रेसन त भयो, हातको हड्डीमा धेरै संक्रमण फैलिएकाले हड्डी खिइँएर सानो भएकाले कम्मरको हड्डी निकालेर नहाली नहुँने चिकित्सकले सल्लाह दिएको छ ,उनले भनिन्,ञबाँचेर केही गर्ने योजना बुन्दाबुन्दै यो अवस्थामा पुगें ।झ
केही वर्षअघी भारतमा पलायन भएका चुनादेबीका श्रीमान् चन्द्रप्रसाद ढुंगेल हालसम्म सम्पर्कबिहिन छ्न् । ७ वर्षको छोरासँग भाडाको कोठामा गुजारा चलाउँदै आएकी चुनादेबीको माइतीतर्फ आर्थिक अवस्था कमजोर भएकै कारण सहयोगको यचना गरेको उनको भनाई छ ।
दुई वर्षअघि करार दरबन्दीमा स्थानीय श्री कृष्णशर्मा सेकेण्डरी स्कुलमा शिक्षण पेशा आवद्ध चुनादेबीलाई विद्यालयले २५ हजार र वडा कार्यालयले १० हजार आर्थिक सहयोग गरेको छ ।
दैनिक १ हजार पर्ने एउटा ट्याबलेट र भारु ७२ सय पर्ने एउटा इन्जेक्सन निरन्तर ३ महिनासम्म खानु र लगाउनु पर्ने औंषधी लेखिदिएको छ । औंषधि किन्ने सामर्थ्य छैन । अब मैले कसरी जुटाउँनु रु प्रश्न गर्दै सबैले आर्थिक सहयोग गरी मलाई बचाइदिन अपिल गरेको छु । उनले एक्सेल बिकास बैकको साखा इलामको खाताको नाम चुनादेबी सुवेदीको एकाउन्ट नम्बर ९ण्ण्द्दण्ज्ञद्दण्ण्ण्ज्ञछण्ठछण्ण्ण्ण्ण्ज्ञ० र फोन पेइ ९ँयलभउबथ ल्य०। ढडटढडछछज्ञछण् मा आर्थिक सहयोग गरिदिन आग्रह गर्दछु(उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु