बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल

2020-09-07 मा प्रकाशित

झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल गरिएको छ ।हस्पिटलमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा आइतवार एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विशेष मेडिकल वार्ड सिल गरिएको हो ।

आइतबार बिर्तामोड नगरपालिकामा बसेको बैठकले अस्पतालभित्रको एउटा मेडिकल वार्ड मात्रै सिल गर्ने निणर्य गरेको बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।बैठकले संक्रमित स्वास्थ्यकर्मीको पहिलो सम्पर्कमा रहेका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको व्यवस्था गर्ने निणर्य पनि गरेको छ ।

संक्रमित स्वास्थ्यकर्मीको परिवारका सदस्यहरुलाई पनि होम क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको व्यवस्था गरिने नगर प्रमुख सिवाकोटीले बताए ।अस्पतालका संक्रमित कर्मचारीलाई अस्पतालले आइसोलेसनमा राखेर आवश्यक उपचार व्यवस्था गर्ने भएको छ । अस्पतालको अत्यावश्यक स्वास्थ्य सेवा भने कोभिड १९ रोकथाम तथा नियन्त्रणको मापदण्डमा रहेर यथावतरुपमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु