भानु सहकारीको आयोजनामा रक्तदान कार्यक्रम

2024-04-02 मा प्रकाशित

धुलाबारी, २० चैत । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा वरिष्ठ फिजिसियन चिकित्सक डा. पिताम्बर ठाकुर, डा. पोषणरमण त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष खनालले समेत रक्तदान गर्नु भएको थियो भने ठाकुर र त्रिपाठीले विरामीहरुको स्वास्थ्य जाँच गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु