मेचीनगर- ५ वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुँदै

2024-04-04 मा प्रकाशित

 झापा, १७ चैत ।  मेचीनगर- ५ वडामा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ । वडामा आगामी चैत २२ र २३ गते निःशुल्क दुई दिन पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । शिविरमा समन्वय मेचीनगर- ५ वडा कार्यालयल गर्ने छ । मेचीनगर- ५ मा रहेकाे अधेँरी आधारभुत स्वास्थ्य चाैकीकाे आयोजनामा रहेको वडामा पाठेघर र स्तन क्यान्सर सम्बन्धि तथा क्यान्सर राेगकाे परिक्षण गरिने छ । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. एलिजा गाैतमका साथै मेचीनगरपालिकाका नर्सिङ कर्मचारीलगायत २० जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहने अधेँरी आधारभुत स्वास्थ चाैकीका इन्चार्ज धनकुमारी राईले जानकारी दिइन् । उनका अनुसार शिविरमा आउने बिरामीकाे स्वास्थ्य परिक्षण गर्दा जटिल राेग देखिए सम्वधित अस्पतालमा लगेर सहयाेग गर्ने बताइन् । हुने मेचीनगर- ५ वडा अध्यक्ष कनक कार्कीले बताए । आर्थिक अभावमा रोगको पहिचान समेत गर्न नपाएका वडाका असहाय गरिब विपन्न परिवारलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेकाे मेचीनगर- ५ वडा अध्यक्ष कनक कार्कीले बताए । बढी रकम तिरेर स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको रहेकाे हुनाले यस शिविरले वडावासी लाभान्वित हुने उनकाे भनाइ रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु