आधुनिक सहकारीले गरिदियो, आफ्ना २६ जना कर्मचारीको कोरोना बिमा

2020-09-09 मा प्रकाशित

काँकरभिट्टा,२४ भदौ÷काँकरभिट्टा स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलिदै गएपछि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई समेत यस किसिमको जोखिम हुन सक्ने भन्दै रु एकलाख बराबरको कोराना बिमा गरिदिएको सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिनु भयो । सहकारी संस्थाले संस्थाको मुख्य कार्यालय तथा शाखा कार्यालयमा कार्यरत २६ जना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको हो । सहकारीको मुख्य कार्यालय काँकरभिट्टामा कार्यरत ११ जना , भृकुटी कार्यालयमा कार्यरत ४ जना , बिर्तामोड कार्यालयमा कार्यरत ५ जना र भद्रपुर कार्यालयमा कार्यरत ६ जना कर्मचारीको प्रभु इन्स्योरेन्स कम्पनीमा कोरोना बिमा गरेकोे कार्यालयले जनाएको छ । सो सहकारी संस्थामा हाल ७ हजार बढी शेयर सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु