आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु

2024-04-27 मा प्रकाशित

सुरेन्द्रनगर । आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु गरिएको छ । मेचीनगर– ५ स्थित स्वास्थ्य शाखाले शुक्रबारबाट गाउँ गाउँमा सचेतना अभियान सुरु गरेको छ । शुक्रबार मेचीनगर –५ स्थित राम मन्दिरको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राम मन्दिर टोल, पाथीभरा टोल र माङ्हिम टोलका करिव ७० जना सहभागि थिए ।

उनीहरुलाई प्राथमिक स्वस्थ्य चौकी मेचीनगर ५ की स्वस्थ शाखा इञ्चार्ज धनकुमारी राईले हात्ती पाइले रोग र यसले मानव शरिरमा पुर्र्याउने नकारात्मक प्रभावका बारेमा जानकारी दिइन् । उनले हात्तीपाइले रोग न्यूनीकरणको लागि समाजका हरेक सदस्यले हात्तीपाईले विरुद्धको औषधि खानुपर्ने बताइन् । आफूमात्र होइन सबैलाई बचाउने अभियान थाल्नु जरुरी छ । उनले भनिन्,‘यसपटक कोही नछुट्नेगरी औषधि खुवाउने कार्यक्रम छ ।’
मेचीनगर –५ का वडासदस्य मनकुमार लिम्बूको सभापतित्वमा आयोजित कार्यक्रममा वडासदस्य लिम्बूले सरकारले १२ औं पटक औषधि खुवाउने अभियान चलाउँदा पनि हात्ती पाईलेको जोखिम देखिएकोले यसपटक अनिवार्य रुपमा औषधि खान अनुरोध गरे । कुनै बाहानामा औषधि नखाने र रोग अरुलाई सार्ने छुट कसैलाई छैन । उनले भने यसपटक सबैले औषधि खाएर अभियानलाई पूर्ण रुपमा सफल पारौं । सो अवसरमा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, राममन्दिर टोलमा अध्यक्ष राजकुमार गिरी, पाथीभरा टोलकी अध्यक्ष , समाजसेवी उमाकान्त रिजाल लगायतले बोलेका थिए ।
स्वस्थ्यकर्मीहरु सुस्मिता रायमाझी, चन्द्रकला नेपाल, स्वास्थ्य ूवयमासेवीका बालकुमारी श्रेष्ठ लगायतको सहभाथिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु