झापामा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो,आजै थपिए ५ जना संक्रमित

2020-09-09 मा प्रकाशित

मेचीनगर ।झापामा कोरोना संक्रमितको संख्या ७०८पुगेकोछ ।आज ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७०८पुगेको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का २६ र ३२ वर्षीया २ जना महिला, कनकाई नगरपालिका वडा नम्बर २ र ३ का १४ र २० वर्षीय २ जना पुरुष र मेचीनगरपालिका वडा नम्बर ६ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै जना स्थानीय रहेको उनले बताए ।झापामा कोरोना संक्रमणबाट निको हुनेको संख्या भने ५२१ जना रहेका छन् उनिहरु स्वास्थ्यमा सुधारभएपछि घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु