बुद्धशान्तिमा निःशुल्क स्वास्थ्य शिविर, ४०० बढीले लिए सेवा

2024-05-24 मा प्रकाशित

बुधबारे । बुद्ध जयन्तिको अवसर पारेर बुद्धशान्ति ४ स्थित गणेश आविमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अमर यूवा क्लव बुद्धशाँित ४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लिको सह आयोजनामा सम्पन्न शिविरमा ४०० वढीले स्वस्थ्य परीक्षण गराएको आयोजक समितिका अध्यक्ष रोशन कटुवालले जानकारी दिए ।
शिविरमा प्रतिमा जमुना मेडिकल हल धुलाबारी, रजक आई केयर अप्टिकल धुलाबारी र पाथीभरा एपोलो डेन्टल क्लिनिक धुलाबारीले प्रविधिक सहयोग पुर्र्याएको थियो । शिविरमा आँखा, दाँत र फिजिसियन सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु