अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालयमा पठनपाठन स्थगित

2024-05-26 मा प्रकाशित

मेचीनगर। केही दिन देखि झापामा अत्याधिक बढ्न थालेपछि जनजीवन कष्टकर बन्न थालेको छ । गर्मीका कारण बालबालिका को स्वास्थ्यमा समस्या सिजर्ना हुने भएपछि मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालयहरु पठन पाठन स्थकन गरेको छ ।

गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिए ।

ूमौसमको अवस्था हेरेर १ दिनलाई बिदा दिइएको हो, भण्डारीले भने( मंगलबार बिदानै छ, अवस्था सामान्य भए बुधबारबाट नियमित पठनपाठन हुनेछ ।ू
हाललाई दिएको बिदा आउँदो बर्खे बिदाबाट कट्टी गरिने भण्डारीले बताए । गत वर्षसमेत नगरले गर्मीका कारण ६ दिन विद्यालय बिदा दिएको थियो ।

भण्डारीका अनुसार पठनपाठन स्थगित गरिए पनि परीक्षालगायतका पूर्व निर्धारित कार्यक्रमहरु सूचारु रहने छ । गर्मीकै कारण झापामा शनिवार २ जनाको मृत्यु भइसकेको छ । पछिल्लो दिनहरुमा झापाको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु