लागुऔषध सहित राई पक्राउ

2020-09-12 मा प्रकाशित

मेचीनगर । झापाको दमकमा लुकाई छिपाई राखेको ४ केजी ४८ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ ।

इलाम माङसेबुङ गाउँपालिका वडा नं। ६ मा घर भई दमक १ मामा चोक डेरागरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले राइले कोठामा लुकाई राखेको प्रतिबन्धित लागुऔषध बरामद गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।नीज अर्पण राई समेतलाई तत्कालै नियन्त्रणमा लिई इप्रका दकममा ल्याई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु