मेचीनगर – ५ मा लागुपदार्थ नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

2024-06-18 मा प्रकाशित

मेचीनगर । मेचीनगर –५ मा सोमबार लागू पदार्थ जन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
श्री सितारामा मन्दिरको सामुदायिक भवनमा आयोजित कार्यक्रममा मेचीनगर ५ का २६ टोल मध्ये १२ वटा टोलबाट प्रतिनिधिले सहभागिता जानाएका थिए ।
मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा वडाध्यक्ष कार्कीले लागुपदार्थ दुर्व्यसनले समाज आक्रान्त बन्दै गएकोले यसको नियन्त्रकोलागि टोल विकास संस्थाहरुले अभियान थाल्नु पर्ने बताए । उनले आगामी दिनमा टोल विकास संस्थाहरुलाई अधिकार सम्पन्न बनाउँदै जाने धारणा समेत राखे । वडाध्यक्ष कार्कीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को वडा बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने र बिभिन्न टोलमा भौतिक पूर्वाधारको विकासमा समेत बजेट विनियोजन गर्न लागिएको बताए ।
कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, श्री सिताराम मन्दिर समितिका उपाध्यक्ष भवानी प्रसाद गुरागाई, माङ्हिम टोल विकास संस्थाका अध्यक्ष रंगलाल गिरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई बालकृष्ण श्रेष्ठ, पर्शुराम निरौला र चन्द्र प्रसाद गुरागाईले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु