झापामा आज ५ जनालाई कोरोना संक्रमण पुष्टि

2020-09-15 मा प्रकाशित

मेचीनगर, ३० भदौ । झापामा आज ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मङ्गलबार झापामा थपिने संक्रमितमा १ जना मेचीनगर र ४ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका हुन् ।

मेचीनगर–६ की २२ वर्षीया एक जना महिला र सोहि ठाउँको होटल क्वारेन्टिनमा बस्ने बाहिर जिल्लाका ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

२२ वर्षीया ती महिला काँकरभिट्टा स्थित प्राइम बैँककी कर्मचारी हुन् भने होटल क्वारेन्टिनमा बसेका २०, २०, ४२ र ४९ वर्ष उमेरका पुरुषहरु छन् ।

उनीहरु काठमाडौँ, मकवनपुर, सुनसरी र इलाम जिल्लाका रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।योसँगै झापामा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ भने निको भएर घर फर्किएका ६१२ जना छन् ।

हालसम्म २३ हजार ७७२ जनाको पीसीआर गरिएको छ भने १२७ जना सकृय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु