अर्जुनधारामा डेंगु रोग सम्बन्धी अभिमुखिकरण

2020-09-17 मा प्रकाशित

अर्जुनधारा। डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको विषयमा जानकारी दिने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार एक दिवसीय अभिुमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख हरिकुमार रानाको भिापतित्वमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईंले सहजिकरण गरेको कार्यक्रममा डेंगु ज्वरो के हो, डेंगु ज्वरोका लक्षणहरु, डेंगु ज्वरोको उपचार, डेंगु ज्वरोबाट बच्ने उपायहरुलगायतको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले रोगको विषयमा जिज्ञासा राखेका थिए ।

त्यसैगरी नगरका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि शुक्रबार पनि अभिमुखिकरण कार्यक्रम गर्ने शाखाले जनाएको छ । स्वास्थ्य शाखाले तत्कालै डेंगु रोग नियन्त्रणको लागि लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने शाखाकी सहसंयोजक दुर्गा चापागाईंले बताइन् । कार्यक्रमको सञ्चालन शाखाका संयोजक मुकुन्द बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु