गमला उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी लिँदै मेचीनगरका पण्डित

2024-12-06 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । सुन्दर अनि आकर्षक मानवनिर्मित झरना । जसको शिरबाट निस्किएको कलकल बग्ने पानीको फोहोरा, यो दृष्यले धेरैको मन लोभ्याउने गरेको गरेको छ । पूर्व पश्चिम राजमार्ग भएर हिँड्ने जो कोही पनि एक छिन् त्यसलाई नियाल्छन् अनि लाग्छन् आफ्नो गन्तब्य तर्फ ।
यो दृष्य हो मेचीनगर – १३ स्थित गमला चोकको । धाइजन चोकबाट ५०० मिटर पश्चिम सडक किनारामा सुन्दर बगैँचा झैं सजिएको छ, जीयान्सी गमला उद्योग । बिभिन्न रंग र आकर्षक डिजाइनका गमला, तुलसाको मोठ, सीमानाका पिलर, रिङ, घरमा प्रयोग हुने भेन्टिलेटर, डुँड, भगवानका मूर्ति, गजुर लगायतका सामग्रीले उद्योग भरिभराउ छ । सामाग्रीलाई आकर्शक रुप दिने दिनेश पण्डित उनकी श्रीमती रेनु, अनि सहयोगी कर्मचारीहरु समेत काम गर्न सँधै ब्यस्त देखिन्छन् । संघर्षबाट खारिएका दिनेशले आफूले सिकेको सीपलाई घर अनि बिभिन्न पार्क तथा विद्यालयमा पुर्याइरहेका छन् ।


नेपालमा बसेर सम्भावना छैन भन्नेहरुका लागि उदाहरण बनेका छन् दिनेश । २०७६ सालमा प्रहरीको हवल्दार पदबाट अवकासपाएसँगै गमला उद्योगमा होमिएका उनी यतिखेर भने आफनो ब्यावसायलाई बृहत्तर बनाउँदै लगेका छन् । घर सजाउन आवश्यक पर्ने गमला, रयालीङ्ग, तुलसाको मोठ, गेटलाइट, भेन्टिलेसन, मुर्ति लगायतका बिभिन्न सामाग्री निमाणसंगै पार्क सजावटको अभियानलाई समेत उनले तीब्र पार्दै लगेका छन् । आफूले निर्माण गरेका सामाग्रीको कलर अर्थात रंगमा समेत ७ वर्षको ज्ञारेन्टी दिएपछि उनकोमा ती सामाग्री खरिद गर्न बिभिन्न ठाउँबाट मानिसहरु पुग्ने गरेका छन् । गुणस्तरीय सामान पाइने भएपछि उनकोमा दैनिक रुपमा ग्रहकको भीड नै हुन्छ ।
२०७७ जेठ ५ गतेबाट उद्योग क्षेत्रमा होमिएका दिनेशले दुईवर्ष पछि धरेलु तथा साना उद्योग कार्यालयमा जीयान्सी गमला उद्योग दर्ता गरेर उद्योगलाई बैधानिकता दिए । त्यसपछि थप उत्साहका साथ आफ्नो ब्यवसायमा अघि बढे । उनको सफलताको आधार छोरा दिप्सन र छोरी जीयान्सी नै हुन् । छोरा जन्मिएको छ महिनामा जमिन खरिद गरेका पण्डितले त्यसपछि छोरी जन्मिएको छ महिनामा सोही जमिनमा उद्योग सञ्चालन गरे ।
गुणस्तरीय र आकर्षक डिजाइनका सामाग्री निर्माण गरेर छुट्टै पहिचान स्थापित गर्ने उद्घोष गरेका दिनेशले पछिल्लो समय आफनो उत्पादनको माग बढ्दै गएको बताए । करिव ७ लाखको लागतमा सुरु भएको उद्योगमा हालसम्म करिव २२ लाख बढी लगानी भइसकेको उनको भनाइ छ ।


सुनसरी जिल्लाको साविक श्रीपुर गाविस वडानम्बरमा ७ स्थायी घर भएका पण्डितले २०७६ सालबाट झापालाई कर्मथलो बनाएका छन् ।
२०५८ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका पण्डित १७ वर्ष प्रहरी सेवामा कार्यरत रहेर हवल्दारको जिम्मेवारी सम्हाल्दै गर्दा २०७५ चैत महिनाबाट सेवा निवृत्त भएका थिए । सरकारी जागिरबाट अवकास पाएपछि उनलाई पनि वैदेशिक रोजगारीको मोहले नछोएको भने होइन । पैसा कमाउन र परिवारलाई सुख दिन उनले दुवै पुलिस र आर्मीको लागि प्रयास गरे तर त्यो सफल हुन सकेन । त्यसपछि बैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने सोचका साथ भारत पुगे । सेक्यूरिटी गार्डका लागि उनले पीएसवीडी कम्पनीमा अन्तरवार्ता पास पनि गरे तर ६ महिनासम्म कुर्दा भिषा नआएपछि उनले बैदेशिक रोजगारको सपनालाई छोडेर आफैं उद्यमी बन्ने सपना देखे । छ महिना भारतमा रहँदा उनले भारतमा रहेका आफन्तहरुसँग काम गरेर कालीगढको सिप सिके । त्यसपछि नेपाल फर्किएका पण्डितले आफ्नै जग्गामा थोरै लगानीमा कालीगढ व्यवसायलाई निरन्तरता दिँदै गमला उद्योग शुरु गरे ।


उनी भन्छन, – ‘नयाँ व्यवसाय सुरु गर्ने भएपछि गमला उद्योगकोे सोच बनाएँ अनि छ महिना तालिम लिएँ र घर फर्किएँ, आज नयाँ उत्साहका साथ गमला उद्योग सञ्चालन गरिरहेको छु ।’
आफूले उत्पादन गरेका सामग्री झापा, इलाम, पाचथर र ताप्लेजुङ सम्म पुग्ने उनले बताए । उनी भन्छन, ‘मैले क्वालिटीमा कहिल्यै कम्प्रोमाइज गरिन, गुणस्तरीय सामग्री उत्पादन गरिरहेको छु, त्यसैले सबैले म माथि विश्वास गर्नु भएको छ । विक्रीको लागि कुनै समस्या छैन ।’ पण्डितले आफ्नो व्यवसायबाट खर्च कटाएर दैनिक ४, ५ हजार बचत हुने गरेको बताए । उनले आफ्नो ब्यवसायबाट आम्दानी मात्र लिएका छैनन् । स्थानीय ७ जनालाई रोजगारी समेत दिएका छन् ।
उनले पछिल्लो समय घर तथा पार्क, विद्यालयहरुमा भरना निर्माणको माग बढ्को बताए । झापा, इलाम ,पाँचथर र ताप्लेजुङमा सम्म आफनो ब्यापारको पहुँच बढाएका दिनेशले मेचीनगरका बिभिनन ठाउँमा आकर्शक झरना निर्माण गरिसकेका छन् । उनले हाल कँकरभिट्टा पर्यटन कार्यालय, घारी रेष्टुरेन्ट, धुलाबारी मावि, सत्य साहीकेन्द्र धुलाबारी, आदर्श नमूना वन लगायत दर्जनौ सार्वजनिक र निजी क्षेत्रमा भरना बनाएर धेरैको मन जित्न सफल भएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु